बाग्लुङको ढोरपाटन नगरपालिका ९ मा बाढि पहिरो, ठूलै क्षतीको आशंका

0

तस्विर ः महेश पौडेल

१८ भदौ । बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडानम्वर ९ बोबाङ मा गए राति ११ बजे भुजिखोलामा आएको अबिरल बर्षा संगैको बाढी र पहिरोका कारण करिव ३० जना बेपत्ता भएको र  ५० घर बगाएको स्थानीय महेश पौडेलले जानकारी दिनुभयो । ढोरपाटन नगरपालिकाको वडा नं ८ र ९ बोबाङका ठाउँ ठाउँमा पहिरो खसेको छ । ढोरपान शिकार आरक्ष प्रबेश द्वारको रुपमा लिईने देउराली पहाडबाट ठुलो पहिरो खसेर कयौं काउँहरुमा क्षती पु¥याएको पौडेलले बताउनुभयो बताए।

पहिरो र बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्कविहीन भएको पुन बताए। यस्तै बाढीले लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्ड्मा १, घर बगाएको छभने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको छ। घटनाको बिस्तृत विवरण आउन बाँकी छ।

Share.

Leave A Reply