ढिलो उपचारका कारण मृत्यु हुनेक्रम वढेपछि चितवन प्रशासनले वनायो गुनासो सुन्ने संयन्त्र

0

चितवन, भदौ १७ ।जिल्लामा रहेका विशेष गरी भरतपुरका ठूला अस्पतालहरुले समेत भर्ना नलिदा समयमै उपचार नपाई मानिसहरुको मृत्यु हुने क्रम नरोकिएपछि चितवन प्रशासनले गुनासो सुन्ने संयन्त्र बनाएको छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले दिएको जानकारी अनुसार सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही सहित ३ जनालाई गुनासो सुन्ने संयन्त्रको रुपमा राखेर उहाँहरुको मोवाईल नम्वर सहित चितवन प्रशासनले सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी शाहीको ९८५१२२७८६१, अन्य गुनासो सुन्ने संयन्त्रमा फिल्ड अधिकृत प्रहरी निरीक्षकको ९८५५०४६००५ र जिल्ला आपतकालिन कार्य संचालन केन्द्रको ९८४४२०८८८८ नम्वर सार्वजनिक गरिएको हो ।
यस अघि जिल्ला कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टरको निर्णयबाट भरतपुर अस्पताल विकास समितिका अध्यक्षको संयोजकत्वमा विभिन्न अस्पतालहरुका प्रतिनिधिहरु समेत रहने गरी स्वास्थ्य क्षेत्र समन्वय समिति निर्माण गरिएको जनाउँदै यसका बाबजुद पनि गुनासो नरोकिएको भन्दै आज प्रमुख जिल्ला अधिकारी नारायाण प्रसाद भट्टराइले स्वास्थ्य क्षेत्रको पनि र जनताको पनि गुनासो सुन्ने गरी संयन्त्र बनाएको बताउनुभयो ।

Share.

Leave A Reply