धादिङ र थानकोटमा जाम वढेपछि गैंडाकोटमै रोकियो ट्रकहरु

0

गैंडाकोट, १७ भदौ । धादिङ र थानकोटमा खाद्यन्न सहितका ट्रकहरु जाममा परेपछि पश्चिमबाट आएका मालवाहक सवारी गैंडाकोटमा रोखिएको छ । काँग्रेस चोकबाट रोकिन सुरु भएको ट्रकको लाई विजय चोकसम्म आइपुगेको छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रमुख इन्सपेक्ट चन्द्रवहादुर थापाले धादिङ र थानकोटमा अध्यधिक जाम भएपछि पश्चिमबाट आएका ट्रकहरुलाई गैंडाकोटमै रोकिएको र राती पठाउने गरी तयारी भएको विजय एफएमलाई बताउनुभयो । अन्य साना गाडी तथा एम्वुलेन्सलाई भने रोकिएको छैन ।

यसैविच इलाका प्रमुख थापाले ट्रक रोकिदा त्यसमा रहेका चालक, गाडी सहायक ट्रकभित्र वस्न र यत्रतत्र नहिँड्न निर्देशन दिनुभएको छ । कोरोनाको महामारी रहेका कारण यत्रतत्र हिँडेको पाईए कारवाही गर्ने बताउनुभयो । अहिले काँग्रेस चोक र विजय चोकमा ट्राफिक सहित प्रहरीले निगरानी र लाईनको व्यवस्थापन गरिरहेका छन् ।

Share.

Leave A Reply