नवलपुरमा २० देखी ३० वर्षका पुरुषमा वढि सङ्क्रमण

0


प्रेम क्षेत्री
भदौ १७, गैंडाकोट । नवलपुरमा २० देखी ३० वर्षका पुरुषमा वढि कोरोना सङ्क्रमण रहेको पाईएको छ । २० देखी ३० वर्ष उमेर समूहका १ सय ७९ जना रहेका छन् । जसमध्ये १३८ जना पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । यहि समूहका ४१ जना महिलामा पनि सङ्क्रमण देखिएको छ ।
दोस्रो स्थानमा सवै भन्दा वढि संक्रमण देखिने उमेर समूहमा ३० देखी ४० वर्षका युवाहरु रहेका छन् । ३० देखी ४० वर्षका ९६ जना पुरुष र २७ जना महिला गरि १ सय २३ जनामा सङ्क्रमण देखिएको हो ।
हाल सम्म सङ्क्रमण हुनेहरु अन्य उमेर समूहमा १० वर्ष मुनिका ८ बालक र ३ बालिका रहेका छन् । त्यस्तै २० वर्ष मुनिका ६५ पुरुष र ९ महिला गरि ७४ जना रहेका छन् । ४० देखी ५० वर्ष उमेर समूहका ४९ पुरुष र ८ महिला गरि ५७ जना रहेका छन् । त्यसैगरि ५० देखी ६० वर्षका २२ पुरुष र ११ महिला गरि ३३ जना रहेका छन् भने ६० देखी ७० वर्ष सम्मका ६ जना पुरुष र १० महिला गरि १६ जना रहेका छन् ।
जिल्लामा सबै भन्दा कम ७० देखी माथीका उमेर समूहका ३ जना पुरुष र १ महिला गरि ४ जना संङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभयो ।

जिल्लामा हाल सक्रिय सङ्क्रमित १५४ जना रहेका छन् । हालसम्म ३ सय ४२ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईले जानकारी दिनुभयो । जिल्लामा १ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply