नवलपुरमा आज १७ जना कोरोना सङ्क्रमित थपिए

0


प्रेम क्षेत्री
भदौ १७, गैंडाकोट । नवलपुरमा आज १७ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार गैंडाकोटमा ३ जना, देवचुलीमा ८ जना, कावासोतीमा १ जना, विनयि त्रिवेणीमा ५ जना गरि १७ जना थपिएका हुन् ।
जिल्लामा हाल सक्रिय सङ्क्रमित १५४ जना रहेका छन् । हालसम्म ३ सय ४२ जना निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । जिल्लामा १ जनाको मृत्यु भएको छ ।

Share.

Leave A Reply