कोरोना संक्रमणबाट नेपालमा आज १२ जनाको मृत्यु

0


प्रेम क्षेत्री
भदौ १७, गैंडाकोट । कोरोना संक्रमणबाट नेपालमा आज १२ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा पुरुष ६ जना र महिला ६ गरि १२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका ३ जना रहेका छन् । चितवनका ५५ वर्षिय र १८ वर्षिय २ महिला र चितवनका ६५ वर्षिया पुरुषको मृत्यु भएको हो ।
त्यस्तै मृत्यु हुनेमा काठमाडौंमा ८९ वर्षिय १ महिला, ललितपुरका ७० वर्षिय महिला, तनहुँको २० वर्षिय महिला र कपिलवस्तुका ६० वर्षिय महिला रहेका छन् । त्यसैगरि बाराका ९७ वर्षका पुरुष, भक्तपुरका ४० वर्षिया पुरुष, काठमाडौंका ७० र ७५ वर्षिया २ पुरुष र धादिङका ४७ वर्षिया पुरुष रहेका छन् ।

हालसम्म २५१ जनाको मृत्यु भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये ०.६ प्रतिशतको मृत्यु भएको छ ।
बुधबार १ हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले एकैदिन १ हजार १ सय २० जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार १ सय ८ पुगेको जानकारी दिनुभयो ।
प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार १ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै निको भएर घर फर्किनेको कुल संख्या २३ हजार २ सय ९० पुगेको छ ।

Share.

Leave A Reply