गैंडाकोटमा ३ जनामा कोरोना संङ्क्रमण, वडा ६ र १५ का होईनन्

0


प्रेम क्षेत्री
भदौ १७, गैंडाकोट । गैंडाकोटमा आज मात्रै ३ जनामा कोरोना संङ्क्रमण देखिएको छ । गैंडाकोट ९ का २ जना महिला र १ जना वडा नम्बर १० को रहेको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।
चितवन मेडिकल कलेजले जारी गरेको पछिल्लो सूचनामा गैंडाकोट ६ र १५ का सङ्क्रमित भनिए पनि उनिहरु सो स्थानको नभई अन्य स्थानको भएको खुल्न आएको उहाँले जानकारी दिनुभयो । गैंडाकोट ६ का ६२ वर्षिय महिला सो स्थानको नभई गैंडाकोट ९ को रहेको उहाँले बताउनुभयो । गैंडाकोट १५ को २२ वर्षिय महिला भनिएकोमा उनि देवचुलीको रहेको जनाईएको छ ।
आज भेटिएका सङ्क्रमितहरुमा गैंडाकोट ९ का ४० र ६२ वर्षिय महिला, गैंडाकोट १० का ५० वर्षका पुरुष रहेको पौडेलले जानकारी दिनुभयो ।


यसअघि बिहान गैंडाकोट ९ का ४० वर्षिय महिलाको पुष्टि भईसकेको थियो । पछिल्लो पटक सङ्क्रमित वडा नम्बर ९ की ६२ वर्षिय महिला मधुमेह, उच्च रक्तचाप र निमोनियाको समेत संक्रमित रहेको जनाईएको छ । उहाँको सिएमसिमा आईसियुमा उपचार भईरहेको छ । गैंडाकोट १० का टाईम फर्मामा कार्यरत कर्मचारी रहेको र उनि सिएमसिको आईशोलेसनमा रहेको नगर स्वास्थ्य शाखाले जारी सूचनामा जनाईएको छ ।


यो सँगै गैंडाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३५ पुगेको उहाँले जानकारी दिनुभयो । जसमध्ये पुरुष १५ र महिला २० जना रहेका छन् । सक्रिय सङ्क्रमित महिला धेरै रहेका छन् । गैंडाकोटमा हालसम्म ९५ जना सङ्क्रमण देखिएको छ । जसमा पुरुष वढि छन् । ६१ पुरुष र ३४ महिलामा सङ्क्रमण देखिएको हो । हालसम्म ६० जना उपचार पछि घर फर्किएका छन् । भृकुटि चोकमा मंगलबार संकलन गरिएको १३० स्वाबको नतिजा भने आईसकेको छैन ।

Share.

Leave A Reply