बदलिए व्यवस्थाहरूतर बदलिएन नेतृत्व वर्ग

0


पवन सुवेदी

राजनीति भनेको अशल शासन, सुशासन र कुशल शासनको समग्र जोड हो । यसको अभ्यासले अशल राजनीतिक नेतृत्वमा प्रभावकारी र युगान्तकारी भूमिका खेल्न सक्दछ । यसको दायरा उज्यालो र फराकिलो बनाउन मन, वचन, कर्म, राजनीतिक आत्मशुद्धि, नियत, भावना, दायित्व र जिम्मेवारीका साथ उदार आत्मबल लिएर आउनुपर्दछ । कुशल नेतृत्व र उत्तरदायित्व अभिभावकीय जिम्मेवारी निर्वाह गराउन सघाउने बलिया अस्त्र ।
कुनैपनि केन्द्रित विषयमा असफल प्रयास, अनावश्यकका वादविवाद र टीकाटिप्पणी नगर्नु हामीलाई श्रेष्ठ हुन्छ । विडम्बना हाम्रो लोकतन्त्रले पात्र बदल्यो तर शैली र पद्धतिलाई कहिल्यै पनि बदल्न सकेन । कुनैपनि महŒवपूर्ण राष्ट्रिय निर्णय लिँदा जनभावनालाई महसुस गर्ने गरी लिनुपथ्र्यो । यस्तो अवस्था सिर्जना हुन नसक्दा उनै जनतालाई सर्वोपरि मान्ने जनताबाट बहुमत प्राप्त सरकारबाट पनि खासै उपलब्धिमूलक कामहरू प्रभावकारी रूपमा हुन सकेनन् ।
विदुरनीतिको २५ औँ श्लोकमा भनिएको छ ः
चक्षुसा मनसा वाचा कर्मणा च चतुर्विधम् ।
प्रसादयति यो लोकं तं लोकोऽनुप्रसीदति ।।

अर्थात्जहाँ शासकले नेत्र, मन, वाणी र कर्म चारैले जनतालाई प्रसन्न राख्छन्, जनता त्यस्तै शासकबाट प्रसन्न हुन्छन् ।
हाम्रो संस्कार कस्तो विकास भइदिई भने सुचारु राख्नुपर्ने कार्यहरू अवरुद्ध राख्ने, सोझासिधालाई झुक्याउने, फसाउने र अर्काको कुनैपनि सामान हत्याउने दाउ राख्ने, पकेटका लागि अरूको सहारा बन्न रुचाउने । योजना बिनाका छलफल र वार्तालाप औचित्यहीन हुन्छन् तर्कपूर्ण बन्न सक्दैनन्, निरर्थक बन्दछन् भन्ने चेतना विकास हुन नसक्नु । परिपक्व उद्धार टोली ओढारबाट बाहिर निकाल्न सकिएन । यसैले हामीले निर्माण गरेर योग्य मानिएका योजना फगत बनेका छन्,फगत थिए र फगत नै हुनेछन् । हामी नेपालीलाई अहिलेको समयमा उल्झन र समस्या सुल्झाउने व्यवस्था चाहिएको हो पुरानो प्रणालीमा बदलाव ल्याई सही दिशामा अवतरण गर्नका लागि । नियतमा सहयोगी भावना फराकिलो बनाई राख्न आवश्यक देखिन्छ तर सबै आनै कार्यशालामा मन्त्रमुग्ध रहँदा कौशल शक्ति चाहीँ उत्कृष्टताका लागि कठिन यात्रामा हिँडिरहेको छ ।
पहुँचवालाहरूको अधिक एकलौटी राजको राज्यमा अन्त्य नहुँदासम्म, निमुखाको जीवनस्तरमा आमूल सुधार नहुँदासम्म देशको प्रणाली सही दिशामा परिवर्तन हुँदैन । देशको ढुकुटी मात्रै रित्याउने बिना अर्थका अनावश्यकका कार्यक्रमबाट समस्याबाहेक परिणाम केही निस्कन सक्दैन । यसलाई सुधार गर्न हामी असल राजनीति र सो अनुसारको संस्कारको नयाँ आयामका साथ विकासमा पछि हट्न हुँदैन । कठोर संघर्षद्वारा प्राप्त भएको परिवर्तनलाई संस्थागत रूपमा विकास गर्न तदनुसार व्यवस्थालाई सुदृढ बनाई राख्न, सामाजिक बेथिति र विकृतिको दुर्गन्धलाई निकासका कुशल पाटाले सुल्झाउनुपर्दछ । अर्थात् निकासका सही पाटाले जनतामा विकासका सम्भावना देखाउन सक्नुपर्दछ तर हामी यसो गर्न सक्दैनौँ आखिर किन ? गफ गरेर, गाएर, कराउँदै भाषण गरेर र अनावश्यकका औचित्यहीन कार्यक्रम मात्र गरीराष्ट्रिय बजेट सिध्याएर सम्भावना वास्तविकतामा देखिन सक्दैन्, होइन र ? कल्पना गरिएको सपना वा सम्भावनालाई वास्तविकतामा देखाउनका लागि काम गरेर देखाउनुपर्दछ तब सम्भावना रहेछ कि रहेनछ जनतामा स्पष्ट देखिन्छ । उरेन्ठाउलो पाराले देखेको सम्भावना सपनी मात्र हुन्छ । विपनीमा त्यस्तो केही हुँदैन । सम्भावनामा सार्थकता ल्याउन विपनीमा राम्रो काम गरे मात्र पुग्छ । सपनीको बिँडो थामेर मात्र पुग्दैन । यो विकासको गतिले राज्यमा शान्ति, उन्नति, प्रगति, आर्थिक समृद्धि र समृद्ध नेपालको सपना पूर्ण हुन सक्दछ र ?
हाम्रा खराब संस्कार अनि समाजमा सहजै नपच्ने नीति र कार्यक्रमका योजनाले सरकारप्रति समुदाय र विपक्षीबाट हरेक दिन असफलताका आवाजहरू उठिरहेका देखिन्छन् । खासमा हामी चुरो समस्यामा जान नखोजी सतही धरातलमा समस्या निराकरण गर्न सकिन्छ कि भन्ने कमजोर मानसिकताले ग्रस्त छौँ । अनावश्यकका अफवाहको सिनाजोरीले कामलाई अलपत्र पार्ने र विकल्पका रूपमा कुनै मार्ग नदेखाउने यस्ता कार्यमा कुनै परवाह नगरी अघि लम्कनुको विकल्प छैन । कुटिल गोलचक्करले भरिएका लज्जाजनक हाम्रा मुस्कानले विकासमा भ्रमको खेतीका लागि मलमात्र छर्ने कार्य भएको छ । राष्ट्रिय एकता, सहिष्णुता, सद्भाव र विकासमा केही उल्लेख्य चामत्कारिक छलाङ मार्न नसकेको अवस्था देखिन्छ । काम नगर्ने, वार्तालाप, भाषण र नारा लगाउने अनि नागरिक समाजमा करको भारी थोपर्ने, जनतालाई गुमराहमा राख्ने, शिक्षा, स्वास्थ्यमा चासो नदेखाउने जनतामागि गरिएको यो कस्तो न्याय हो ? सूर्य अस्ताएर अर्कोदिन सुनौलो किरण देला तर हामीमा बसेको खराब संस्कार परिवर्तनतर्फ जाँदैन । बिग्रेको बालीमा गोडमेल र बढारकुँढार तत्कालै गर्नु आवश्यक देखिन्छ ।
हाम्रो नेतृत्व र शासन सहि मार्ग वा दिशामा दिशानिर्देश हुन सकेन् । मानवमा नियत, भावना, मानसिकता, इमान्दारिता, मर्यादा, आचरण र अनुशासन गुम्न पुग्यो अर्थात् हरायो । सामाजिक क्षेत्रमा भ्रष्टाचारको जालो भेलसरि उर्लेर आई मौलाउन पुग्यो । यस्तो अवस्था निरन्तर जारी रहेको छ र रहिरहनेछ । समस्याको निराकरणका लागि वार्तामा बस्ने, वार्ता गर्ने तर काम नगर्ने बानी, योजना ल्याउने, लिखित सहमति गर्ने तर कार्यान्वयन गरी व्यवहारमा लागु गराउन नसक्नु हाम्रो देशको प्रमुख समस्या हो । आज हाम्रो संस्कार यस्तो हुन पुग्यो मिश्रित समायोजित कुशल नतिजाभन्दा एकल नतिजा ल्याउने म तŒव हाबी हुन पुग्यो । जसले गर्दा लगातार जित हासिल गर्न हाम्रा काममा कुशलता ल्याउने पदचापहरू सही दिशामा गतिलो प्रर्दशन गर्न असमर्थ रहे । यसकारण तथ्य खोजेर सत्य स्थापित गर्न आवश्यक छ ।
हाम्रा भएका पुराना संस्कारलाई भत्काउने र लत्याउने होइन पुराना संस्कारको आधार लिएर नयाँ दृष्टिकोणको साथ चाहिएको मार्गमा अगाडि बढ्न सक्नुपर्दछ । यस्तो कार्य गर्नमा हामी धेरै पछि छौँ । हामीले सुयोग्य नेतृत्व जन्माउन र तिनीहरूलाई तयार गरी प्रवद्र्धन गर्न इच्छा देखाउनुपर्दछ । यसका लागि हामीले हाम्रो मनमस्तिष्कमा रहेको कुसंस्कारलाई हटाउन आवश्यक छ । अवसरको समय हो पहिचानलाई बनाउने, बचाउने र बढाउने तर आश्चर्यजनक रूपमा देखिएका उदेकलाग्दा गतिविधिहरूले यात्रामा समस्याको बिगुल बजाएको छ । गुमराहमा राखेर खराब संस्कारको बिगुल फुकेर समस्या र अन्योल थुपार्ने कार्यमा Þयाटरिक मारिएको छ । आनो जितका लागि निमुखामा सान्त्वनाको बीउथमाइएको छ । छलफल मात्रै गरिरहने निर्णय चाहिँ नगर्ने हाम्रो बानीले अन्यमा वितृष्णा जगाउने र घातपर्ने कुरा गर्ने संस्कारले उग्ररूप लिएको छ । योजनाबद्ध विकासको योजनालाई व्यवस्थित गर्ने, कुनै सहकार्य नगरी आक्रमण र प्रतिवादको अवस्था सिर्जना गर्ने गरिन्छ । देश विकासका पूर्वाधारका ठेक्का सम्झौता कार्यान्वयन नहुँदै तोडिन्छ । सुचारु भइहाले पनि अलपत्र पारेर छोडिन्छ । यता रंगमञ्चमा नयाँ पुस्ता नेतृत्वको तयारीमा छन् तर विकास भएको संस्कारको अवस्था खराब छ । नयाँ पुस्तामा राम्रो संस्कार बीजारोपण गर्न आजको खेल कुशल प्रदर्शनमा केन्द्रित हुनुपर्ने हो तर अनुभवी नेतृत्व वर्ग उल्टो दिशामा उन्मत्त बनिरहेको छ ।
हरेक क्षेत्रमा हाम्रो राजनीतिक भागबण्डा, चेतावनी र विवादले समस्यालाई बढाएको छ । जनतासँग प्रत्यक्ष सम्बन्ध र सरोकार राख्ने शिक्षा र स्वास्थ्य आज कोरोना महामारीका कारण संकटमा छन् । आवाज धेरै उठेका छन्, यिनमा खासै चासो राखिएको छैन तर भ्रष्टाचार तीव्र वेगका साथ थप उचाइमा पुगेको छ ।हार्दा विचलन र जितमा खुसी हुने संस्कारमा कहिल्यै परिवर्तन आउन सकेन । संकट बेलामा देखिने सामूहिक सहभागिता राजनीतिक वृत्तमा दिगो रूपमा देखिन सकेन । एक संयोगवश भएको हारले केही फरक पार्न सक्दैन । हारलाई जितमा बदल्न सक्ने मनस्थितिमा परिवर्तन आउन सकेन । यसकारण यस्तो विकराल अवस्था निरन्तर रहिरÞयो । अब्बल दर्जाका उत्कृष्ट नेतृत्व वर्गबाट यो महामारीको दुःखद अवस्थामा जनभावना अनुरूपसुखद प्रदर्शन हुन सकेन ।
हाम्रो नेतृत्व वर्गले जनतालाई उनीहरूको नासोकारूपमा गुनको बदला गुन नै तिर्न सके मात्र पुग्छ । वक्रदृष्टिबाट सिर्जना भएका बेथिति र विभेदलाई रोकिदए पुग्छ । राजनीतिक निकासले थुप्रिएका समस्यालाई प्रक्रियागत रूपमा टुङ्ग्याइदिए पुग्छ ।समस्यालाई दीर्घकालसम्म सुधार गर्ने मार्ग खोजिदिए पुग्छ । हाम्रो लक्ष्य र उद्देश्यलाई पूरा गर्ने मानसिकता र भावनालाई सहीठाउँमा राख्न नियतलाई फराकिलो बनाइदिए पुग्छ । ठेक्काको राजनीतिमा जुहारी खेलेजस्तो नगरिदिए पुग्छ । शासक वर्ग राष्ट्रिय र जनभावनाका विषयमा संवेदनशील बनिदिए पुग्छ । नेतृत्व वर्गले राजनीति असल शासन, सुशासन र कुशल शासनका गनुपर्दछ भनी बुझिदिए पुग्छ ।
आजको समयमा समाज राजनीतिभन्दा टाढा भएर, ओझेलमा रहेर विकास हुन सक्दैन तर यही राजनीति समाजमा आवश्यकता भन्दा बढी हावी हुन पुग्यो भने समाजमा कुरूपता देखिन जान्छ । अवस्था नाजुकतातिर झुक्न जान्छ । यसर्थ संयमित, सचेत र होसियार रहनु भने नितान्त आवश्यक छ । आज हाम्रा हरेक नजरहरू शक्तिमा केन्द्रित रहेका हुन्छन् । त्यसमा राजनीतिक उडान सदाचारका लागि हुनै सकेनन । हाम्रो सत्ता विरासतका लागि मात्र हुन पुग्यो । यसकारण देशका हरेक सामाजिक क्षेत्र राजनीतिक भागबण्डामा विभक्त भएका छन् । यसले सम्बद्ध संघसंस्थालाई मात्र होइन पद्धतिलाई ध्वस्त गरिरहेको छ । हरेक नेपाली जनजनको मनमस्तिष्कले अनुभव गरिरहेकै कुरा हो । जहिल्यै हामी आनो महŒवाकांक्षालाई प्राथमिकतामा राख्न सफल भएका हुन्छौँ । यसकारण राष्ट्रिय उद्देश्य र आवश्यकता पूर्ण हुन सकेनन् । यस्तो खराब मनबाट लागेको डढेलो जहिले निरुत्साहित गर्न सफल हुन्छौँ त्यतिबेला मात्र सक्षम, अनुभवी, इमान्दार समाज र जनताले विश्वास गर्न सफल भएका देशभक्त वर्ग नेतृत्व तहमा आउनेछन् । त्यो दिन राष्ट्र समृद्धि र उन्नतिको दिशामा अगाडि बढ्नेछ ।राजनीति संकटबाट विशाल दूरी घटाउँदै सामान्य अवस्थामा आउँदा हाम्रो दारुण बनेको राजनीतिक अवस्थासँगै राष्ट्र नयाँ शक्तिको नेतृत्व र भूमिकाका साथनयाँ राजनीतिक शिरा कौशल दिशामा प्रवेशगर्नेछ ।

गैंडाकोट नगरपालिका–१, नवलपुर

Share.

Leave A Reply