मोनिका सुनचाँदी पसलमा चोरी गर्नेहरु कारागार चलान

0


प्रेम क्षेत्री
भदौ १६, गैंडाकोट ।
गैंडाकोट कांग्रेश चोक स्थित मोनिका सुनचाँदी पसलमा चोरी गर्नेहरुलाई कारागार चलान गरिएको छ ।
धरौटी रकम बुझाउन नसकेपछि पक्राउ परेका ६ जनालाई चोरी तथा डाँका सम्बन्धी कसुर, संगठित तथा आर्थिक अपराध सम्बन्धि कसुरमा कारागार चलान गरिएको हो । नवलपुर जिल्ला अदालतले उनिहरुलाई सजाय तोकि कारागार चलान गरेको हो ।
पक्राउ पर्नेमा दोलखा सैलुङ गाउँपालिका ८ का २५ वर्षिय अनुज लामा, सिन्धुपाल्चचोक बाह्रबिसे नगरपालिका ८ का २९ वर्षिय तिर्थबहादुर रुम्बा, काभ्रेपलान्चोक धुलीखेल नगरपालिका ८ का ४० वर्षिय जितबहादुर तामाङ, बाग्लुङ काठेखोला गाउँपालिका ७ का १९ वर्षिय लालबहादुर कुँवर, ओखलढु∙ा मानेभन्ज्याङ गाउँपालिका १ का २२ वर्षिय भनबहादुर आले मगर र दोलखा सैलुङ गाउँपालिका ८ का ४३ वर्षिय विरबहादुर श्रेष्ठ रहेका छन् ।
चोरीमा संलग्न तिर्थबहादुर रुम्बा र अनुज लामालाई पुर्पक्षको लागी कारागार चलान गरिएको छ । जितबहादुर तामाङको हकमा पाँच लाख रुपैयाँ, लालबहादुर कुँवरको हकमा पचास हजार, विरबहादुर श्रेष्ठ र घन बहादुर आले मगरको हकमा तिन लाख पचास हजार रुपैयाँ धरौटी माग भएकोमा उक्त धरौटी रकम राख्न नसकेपछि पुर्पक्षका लागि कारागार पठाईएको हो । उनिहरुलाई कारागार कार्यालय परासी पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
गत फागुन १८ गते राती उमेश गहतराजले संचालन गरेको मोनिका सुनचाँदी पसलमा चोरी भएको थियो । गहतराजले तयारी सुनका गरगहना ६९ तोला ५ लाल सुन र चाँदीका तयारी गरगहना १ किलो तथा नगद ७ लाख रुपैयाँ सहितको सेफ लकर चोरी भएको भन्दै जाहेरी दिनुभएको थियो ।

Share.

Leave A Reply