भृकुटिचोकमा १३० जनाको स्वाब संकलन

0


प्रेम क्षेत्री,
भदौ १६, गैंडाकोट । गैंडाकोट नगरपालिकामा मंगलबार आज १३० जनाको स्वाब संकलन गरिएको छ ।
भृकुटिचोकमा बिहान १३० जनाको स्वाब संकलन गरि परिक्षणका लागि पोखरा पठाईएको गैंडाकोट स्वास्थ्य शाखाका प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो । गैंडाकोटमा समुदायका, कन्ट्रयाक ट्रेसिङमा आएका र क्वारेन्टाईनमा रहेकाहरु गरि १३० जनाको स्वाब संकलन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ३६ महिला र ९४ पुरुष रहेका छन् ।
गैंडाकोटमा हालसम्म १ हजार ३ सय ६० जनाको स्वाब संकलन गरि सकिएको उहाँले जानकारी दिनुभयो । जसमध्ये ३ सय १३ महिला र १ हजार ४७ पुरुष रहेका छन् ।
गैंडाकोटमा कोभिड १९ पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । हालसम्म नगरपालिकामा ९२ जनामा सङ्क्रमण देखिएको छ ।

Share.

Leave A Reply