देवचुलीमा थप ८ जनामा कोरोना सङ्क्रमण

0


भदौ ८, गैंडाकोट । पुर्वी नवलपरासीको देवचुली नगरपालिकामा पछिल्लो पटक थप ८ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

पोखरामा गरिएको परिक्षणमा देवचुली १३ का ३ जना, १६ का ३ जना र १ का २ जना गरि ८ जनामा सङ्क्रमण देखिएको हो ।
देवचुली १३ का २९ वर्षका पुरुष, १४ र ५० वर्षका महिला, १६ का ६ वर्षकी बालिका सहित ५५ र २७ वर्षका महिला, १ का ५३ वर्षिय पुरुष र २४ वर्षिय महिलामा सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
त्यस्तै विनयी त्रिवेणी १ का ११ वर्षकी बालिका र २६ वर्षिय पुरुषमा सङ्क्रमण देखिएको छ । गण्डकी प्रदेशमा यो सहित आज ४ जिल्लाका थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।

Share.

Leave A Reply