सिएमसिमा एक जना कोरोना संक्रमितको मृत्यु

0


भदौ १६, चितवन । चितवन मेडिकल कलेज ( सिएमसि) मा थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
भेन्टिलेटरमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारका लागि भदौ १४ गते ल्याईएका उनको मंगलबार बिहान २ः५२ बजेको समयमा मृत्यु भएको हो ।
कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनमा सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।
चितवनमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

Share.

Leave A Reply