गैंडाकोट ४ की एक महिलामा कोरोना सङ्क्रमण, सिएमसिमा २९ जनामा पुष्टि

0


गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर ४ मा एक महिलामा कोरोना संक्रमण देखिएको छ ।

चितवन मेडिकल कलेज (सिएमसि) ले गैंडाकोट ४ की २५ वर्षिय एक महिलामा कोरोना पुष्टि भएको जनाएको छ । यो सँगै गैंडाकोटमा सक्रिय सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । हालसम्म नगरपालिकामा कोभिड १९ पुष्टि भएको सङ्ख्या ९२ रहेको छ ।
चितवन मेडिकल कलेजमा गरिएको १७३ स्वाब परिक्षणमा २९ जनामा नयाँ सङ्क्रमण देखिएको छ । बाँकी १४४ वटा नमुनाहरुको नतिजा नेगेटिभ रहेको अस्पतालले जनाएको छ । अस्पतालमा हिजो साँझ सम्म संकलन गरिएको स्वाबको नतिजा आज सार्वजनिक गरेको हो ।
चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा नवलपुरका देवचुली १ की ३८ वर्षिया महिला र कावासोती ४ का ४७ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको जनाएको छ ।
अन्य सङ्क्रमितमा चितवन भरतपुरका १० जना, रत्ननगरका ५ जना, खैरहनीका ३ जना, राप्तीका १ जना रहेका छन् । मकवानपुर हेटौंडाका २ जना, महोत्तरी वलवाका १ जना, कैलाली टिकापुरका १ जना, रुपन्देही बुटवलका २ जनामा सङ्क्रमण देखिएको हो ।

Share.

Leave A Reply