जनताको आवाजलाइ सुनेर कार्यक्रम स्थगित भयो ः नगरप्रमुख पौडेल

0

गैंडाकोट १६ भदौ । गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जनताको आवाजलाई सुनेर आज आयोजना गरिएको कार्यक्रम स्थगित गरेको जानकारी दिनुभयो ।

आफूले ३ मिटरको दुरीमा राखी छलफल गर्ने तयारी गरेपनि जनताबाट पनि स्थगित गर्न सुझाव आएको र कार्यपालिका सदस्यहरुबाट पनि अहिलेलाई उपयुक्त समय नभएको बताएपछि आफूले स्थगित गरेको बताउनुभयो ।

अहिलेको विषम परिस्थितीमा भौतिक दुरी कायम गर्ने प्रमुख पक्ष भएकाले सोही कुराको अनुशरण गर्न अन्यलाइ पनि पाठ मिलोस भनी आफूले कार्यक्रम तत्काललाई स्थगित गरेको उहाँले बताउनुभयो ।

यसअघि स्मार्ट सिटीको कार्यान्वयनको विषयमा छलफल गर्ने भन्दै सुचना जारी भएको थियो । समुदायमा समेत कोरोना फैलिएको नगरपालिका आफैले थप सचेत हुनुपर्ने र औपचारिक कार्यक्रहरु गर्दा भर्चुअल माध्यमबाट गर्नुपर्नेमा भीड जम्मा पारी होटलमा कार्यक्रम गर्ने सुचना जारी गरेको भन्दै तिव्र विरोध भएको थियो ।

 

 

 

Share.

Leave A Reply