ठूलो हल भएकाले कम्तिमा ३ मिटरको दुरी वनाएर छलफल हुन्छ ः नगरप्रमुख पौडेल

0

गैंडाकोट, १६ भदौ । गैंडाकोट नगरपालिकाले जारी गरेको कार्यक्रम सम्वन्धित सूचनाले सामाजिक सञ्जालमा प्राथमिकता पाएको छ । नगरको समुदाय तहमा कोभिड १९ को संक्रमण देखा परेको अवस्थामा पनि भीडमा कार्यक्रम आयोजना गरिएको भन्दै विरोध भएको हो ।

भदौ ३ देखि जिल्ला निषेधाज्ञा र भदौ १५ सम्म गैडाकोट २ मा लकडाउनको अवस्था सकिएसँगै नगरपालिकाले आज दिउसो १ बजेका लागि स्मार्ट सिटी कार्यान्वयनका लागि छलफल बोलाएको हो । द नारायणी पार्टी प्यालेस गैंडाकोट २ राष्ट्रि वाणिज्य बैँक नजिक कार्यक्रम आयोजना गरिएको सुचनामा उल्लेख छ । प्रशासनले जारी गरेको सुचनामा पनि भीड भाड हुन खालका कार्यक्रम नगर्न सुचना जारी भएको तर नगरपालिकाले भने कार्यक्रमको आयोजना गरेको भनी टिप्पणी सुरु भएको हो ।

यता नगरप्रमुख छत्रराज पौडेलले भने कार्यक्रम स्थलको ठाउँ फराकिलो भएकाले कम्तिमा ३ मिटरको दुरी कायम हुने गरी कार्यक्रम सेटिङ गरेको बताउनुभयो ।

भौतिक दुरीको प्रभावकारी कार्यान्वयन सहित कार्यक्रम आयोजना गरिएको बताउँदै वढिमा ३६ जना व्यक्तिहरु भन्दा धेरै उपस्थित नहुने बताउनुभयो । नगरवासीहरुले यो संकटको समय नगरपालिकाको आदेश र नियम पालना गर्नुभएकोमा आभार व्यक्त गर्दै नगरप्रमुख पौडेलले नगरलाई स्मार्ट सिटी गराउने अन्तिम अन्तिम चरणमा भएकाले पनि यो छलफल जरुरी रहेको बताउनुभयो ।

Share.

Leave A Reply