मोटरसाइकल पल्टिदा गैडाकोट ८ का एक जनाको मृत्यु

0

गैंडाकोट, १५ भदौ । गैंडाकोट ८ बिजयचोक स्थित भित्री सडकखण्डमा मोटरसाइकल पल्टिदा एक जना मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालय नवलपुका सुचना अधिकृत प्रहरी नायव उपरीक्षक मोहन वहादुर खाँणले दिएको जानकारी अनुसार पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना ४० प ५३५५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकमा पल्टीदा मोटरसाइकल चालक गैंडाकोट ८ बिजयचोक बस्ने वर्ष २४ को सनी राना गम्भिर घाईते हुनुभएको थियो ।

गम्भीर घाइते रानालाई उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चित्तवन पठाईएकोमा उपचारको क्रममा ५ बजेर ४० मिनेट जाँदा मृत्यु भएको खाँणले जानकारी दिनुभयो ।

Share.

Leave A Reply