नवलपरासीको दाउन्नेमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु

0

नवलपरासी २ बैशाख

नवलपरासीको दाउन्ने स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । बिनयीगाउँपालिका वडा नम्बर २ दाउन्ने स्थित पुर्ब पश्चिमराजमार्गमा शनिबार बिहान १ बजेको समयमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको लु २६ प ५१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई पल्टदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही ठाउँ बस्ने अन्दाजी २६ वर्षका चन्दन महासेठ रहेका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । मोटर साईकल अनियन्त्रित भएर कल्भर्टमा ठोकिदा गम्भिर घाईते भएका महासेठको उपचारको क्रममा मध्यबिन्दु अस्पतालमा बिहान ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply