भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

0

१५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा हुनुहुन्थ्यो । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । ८४ वर्षीय पूर्वराष्ट्रपति मुखर्जीको निधन भएको उनका छोरा अभिजितिले ट्वीटरमार्फत जानकारी दिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । सोमबार अस्पतालले दिएको जानकारीअनुसार उनको फोक्सोको संक्रमणका कारण उनलाई सेप्टिक सक भएसँगै अवस्था गम्भिर बन्दै गएको थियो ।

Share.

Leave A Reply