भरतपुर अस्पतालमा कोरोना संक्रमित वृद्धको मृत्यु

0


भरतपुर,भदौ १५ ।
चितवनको भरतपुर अस्पतालमा उपचारत कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ६ घर भएका ७८ वर्षीय वृद्धको सोमबार बिहान भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएका भरतपुर अस्पतालले जनाएको छ ।अस्पतालका कोभिड १९ क्लिनिक टिम संंयोजक डा. प्रमोद पौडेलका अनुसार उनमा २ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वासप्रश्वासमा समस्या भएपछि उनलाई ६ भदौमा भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । उनीहरू मध्ये ६ जना चितवन कै हुन् भने बाँकी अन्य जिल्लाबाट उपचारको क्रममा चितवन आएका व्यक्तिहरु हुन् ।

Share.

Leave A Reply