चितवनका थप १७ जनामा कोरोना पुष्टि

0


भदौ १५,
चितवनका थप १७ जनामा कोरोना (कोभिड १९) पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड(१९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणका क्रममा चितवनका १७ सहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा भरतपुरका १५ जना र रत्ननगरका २ जना रहेका छन् । प्रयोगशालाका अनुसार भरतपुर महानगरपालिका भित्र मात्रै १५ जना नयाँ संक्रमित थपिएका छन् । भरतपुर २ का ३२ बर्षीय पुरुष, ३ का ३० र ३९ बर्षीया महिला, ६ कि २९ बर्षीया महिला, ९ कि २७ बर्षीया महिला, १० का ३४,४० र ५५ बर्षीया पुरुष तथा २४,२८ र ३६ बर्षीया महिला, १२ का ७१ बर्षीय पुरुष, १४ की ३१ बर्षीया महिला, १८ का ५१ बर्षीय पुरुष र २९ कि एक बर्षीया बालिकामा कोरोना देखिएको प्रयोगशालाले जनाएको छ । यस्तै रत्ननगर नगरपालिका ८ र १४ का ७८ र २० बर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ । सिएमसीको प्रयोगशालामा नै गरिएको परीक्षणमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका १ र १४ का २२ र २५ बर्षीया महिला, हेटौंडा १५ का ५८ बर्षीय पुरुष, नवलपुरको गैंडाकोट ५ का २८ बर्षीय पुरुष, मध्यबिन्दु १० का ३४ बर्षीय पुरुष, देवचुली १० की ३७ बर्षीया महिला र नवलपरासीको सुनवल ३ की ६५ बर्षीया महिलामा कोरोना देखिएको छ ।आइतबार १५९ जनाको स्वाब परीक्षण गरिएकोमा २४ जना नयाँ संक्रमित थपिएको र २ जनाको पुनः परीक्षणमा रिपोर्ट पोजेटिभ आएको प्रयोगशालाका माइक्रोबायोलोजिस्ट डा नबिन कुमार चौधरीले जानकारी दिए ।

Share.

Leave A Reply