विद्युत महसुल तिर्न जाँदा अनिवार्य मास्क लगाउन गैंडाकोट प्रशाखाको अनुरोध

0

गैंडाकोट, १५ भदौ । जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञाको अन्त्य गरेसँगै नेपाल विद्युत प्राधिकरण गैंडाकोट प्रशाखा खुल्ला भएको छ ।

तर समुदाय तहमै कोभिड १९ को संक्रमण भएका कारण विद्युत महसुल भुक्तानीका लागि मात्रै काउण्टर खुल्ला हुने प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो ।

काउन्टर खुल्ला भएपनि अनलाईन माध्यमबाट महसुल भुक्तानिका लागि कार्यालयले विशेष अनुरोध गरेको छ । यदी कार्यलयमै गई भुक्तानी गर्नुपरे ग्राहकहरुले अनिवार्य मास्कको प्रयोग गरी सामाजिक र भौतिक दुरी कायम गर्न पनि रिजालले आग्रह गर्नुभयो ।

 

साथै हालसम्म पनि मिटर रिडरबाट रिडिंग नभएमा ०७८ ५०१०३६ र ९८४५८१५९६६ मा फोन गरेर रिडिंङ अंक टिपाउन पनि आग्रह गरिएको छ ।

 

Share.

Leave A Reply