नवलपुरमा निषेधाज्ञा थप नहुने, न्युनतम स्वास्थ सतर्कता अपनाउन आग्रह

0


भदौं १४, नवलपुर
नवलपुरमा निषेधाज्ञा थप नहुने भएको छ। नवलपुरमा आज मध्यरात सम्म जारी रहेको निषेधाज्ञा थप नहुने भएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी विजय एफएमलाई जानकारी दिनुभएको छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि महामारी नियन्त्रण तथा रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय नवलपुरले निषेधाज्ञा जारि गरेको थियो।
निषेधाज्ञा जारि रहदा नवलपुरका सम्पूर्ण सरकारी कार्यालय, व्यापार व्यवसाय बन्द भएका थिए। समुदाय स्तरमा कोरोना फैलिने क्रम जारी रहदा पनि प्रशासनले किन निषेधाज्ञा थप गरेन भन्ने प्रश्नको जवाफ दिदै जिल्ला प्रशासन कार्यालय नवलपुरका प्रमुख पिताम्बर घिमिरेले कोरोना सगँै जिवनयापन पनि सहज बनाउनु पर्ने ,सरकारी काम कारबाही रोकिदा जनसमुदायलाई असर परिरहेको कुरालाइ मध्यनजर गर्दै यो निर्णय गरेको बताउनुभयो । साथै उनले निषेधाज्ञा थप नभएपनि न्युनतम स्वास्थ सुरक्षा मापदण्ड चाहि पालना गर्नुपर्ने ,अनावश्यक भिडभाड गर्न नपाइने तथा सरकारी कार्यालयले पनि न्युनतम कर्मचारी व्यबस्थापन गरि कार्यालय संचालन गर्नु पर्ने कुरा बताउनुभएको छ ।

Share.

Leave A Reply