भर्चुअलवाट सोह्रश्राद्ध गर्नु देखावटी मात्रै हो ः अध्यक्ष प्रा.डा. गौतम

0

डोलराज रानाभाट, १४ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले भर्चुअल अर्थात विद्युतीय माध्यमवाट सोह्रश्राद्ध गर्नु देखावटी भएको बताउनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै डा गौतमले विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणको डर रहेतापनि स्वास्थ्यका मापदण्ड पालना गर्दै पण्डित प्रत्यक्ष उपस्थित भएरै श्राद्ध गर्नुपर्ने बताउनुभयो ।

पितृहरुप्रति निष्ठा छ, भक्ति छ सो व्यक्तिले श्राद्ध गर्ने हो तर श्राद्ध भनेको लोकको आँखामा छारो हाल्नलाई गर्ने होइन, डा गौतमले भन्नुभयो । “शास्त्रिय विधिको पालना गरेर सवै विधि पुर्याएर गर्छु भन्ने हो भने पण्डित प्रत्यक्ष उपस्थित हुनै पर्छ, डा गौतमले भन्नुभयो, तर लोकलाई देखाएर श्राद्ध गरेँ भन्नलाई मात्रै हो भने त केही भन्नु छैन । ” भाद्र १७ गतेदेखि सोह्रश्राद्ध सुरु हुदैछ । सम्भव हुँदा सम्म १६ दिननै श्राद्ध गर्नुपर्नेमा उहाँको जोड छ । सम्भव नभए तिथी परेकै दिन जसरी गर्नुपर्ने बताउँदै डा गौतमले अन्यथा पितृले श्राप दिने बताउनुभयो ।

 

यो महामारीमा कसरी श्राद्ध गर्ने भन्ने अन्यौलताका वीच केही स्थानीय तहले भर्चुअलबाट गर्न सुचनानै जारी गरेका छन् । एउटा पण्डित धेरै ठाउँमा जानुपर्ने र त्यसले जोखिम निम्तने कतिपयको टिप्पणी छ । तर प्राध्यापक डा गौतमले भने यो पटक प्रत्यक्ष मुखामुख गरेर टिका नलगाउने, पाठहरु गर्दा आशनलाई केही परिवर्तन गरी पण्डित र श्राद्धकर्ता दुवै जनाले मास्क लगाउन उहाँको सुझाव रहेको छ ।

 

सुन्नुहोस् अन्तरवार्ता

https://www.facebook.com/watch/?v=1051876591895225&extid=An2ZDHBuDVRUbfxA

 

Share.

Leave A Reply