भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाले जन्माइन जुम्ल्याहा शिशू

0

गैंडाकोट, १२ भदौ । चितवनको भरतपुर सरकारी अस्पतालमा कोरोना संक्रमित महिलाले जुम्ल्याहा बच्चा जन्माएकी छिन् । गोरखा नगरपालिका वडा नम्बर १० की ३७ बर्षीया महिलाले शल्यक्रिया मार्फत बच्चा जन्माएको अस्पतालका चिकित्सक सिनीयर कन्सलटेण्ट डा रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

शल्यक्रिमा मार्फत जन्मेका जुम्ल्यहा छोरा र आमाको स्वास्थ्य अवस्था समान्य रहेको छ । वच्चालाई संक्रमण सर्ने खतराका कारण छुट्टाछुट्टै राखिएको उहाँले जानकारी दिनुभयो । भदौ ८ गते अस्पताल भर्ना भएकी महिलालाई भदौ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । डा सापकोटाका अनुसार आमाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्र बच्चालाई भेट्न दिइने छ । अहिले सवैको अवस्था सामान्य रहेको डा सापकोटाले बताउनुभयो ।

अस्पतालमा चिकित्सक कम भएपनि संक्रमित महिलाको सफल डेलिभरी गराउन सहयोग पु¥याउने अस्पतालका सम्पूर्ण स्वाथ्यकर्मीमा उहाँले धन्यवाद दिनुभएको छ । संक्रमणको जोखिम कायमै रहेपनि उच्च मनोवलका साथ गर्भवती महिलाहरुको हेरचाहा र सफल सल्यक्रियामा सहयोग पुर्याउने सवैमा आभार व्यक्त गर्नुभएको छ ।

Share.

Leave A Reply