चितवनमा कोरोनाका कारण फेरि भरतपुर अस्पतालमा एकको मुत्यु, एकैदिन मुत्यु हुनेको संख्या ३ पुग्यो

0


भदौं १२, चितवन ।
चितवन जिल्लाका तीन अस्पतालमा गरेरै चितवनमा एकैदिनमा आज तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि चितवन मेडिकल कलेज र पुष्पाञ्जली अस्पतालमा दुई जनाको मुत्यु भएकोमा फेरि आज दिउसो २:३० बजे भरतपुर अस्पतालमा अर्को एक जना पुरुषको मुत्यु भएको हो ।
भरतपुर अस्पतालमा उपचारको क्रममा रहेका गोरखाका ३८ बर्षिय पुरुषको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । भदौ ६ गते भर्ना भई भदौ १० गते कोरोना पुष्टि भएकोमा उपचारका क्रममा उनको आज दिउसो मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । यसअघि बिहान चितवन मेडिकल कलेजमा हेटौंडाकी ७१ बर्षिया महिला र पुष्पाञ्जली अस्पतालमा भरतपुर २ क्षेत्रपुरका ५१ बर्षका कोरोना संक्रमित पुरुषको ज्यान गएको थियो ।

Share.

Leave A Reply