रजहरको ३ वटा टोल एक हप्ताका लागि शिल

0

भदौ १२, देवचुली ।
देवचुली नगरपालिका वडा नं १६ का ३ वटा टोल शिल गरिएको छ । देवचुली नगरपालिका वडा नं १६ रजहरमा शुक्रबार एक पुरुषलाई कोरोना संक्रमण पुष्टि भएसँगै रजहरका तीनवटा टोल एक हप्ताका लागि शिल गरिएको जनाईएको छ । संक्रमित ३० बर्षीय पुरुष रजहरमा रहेको लक्ष्मी बैंकका घरबेटी रहेका थिए । समुदायमा कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि रजहरको मुख्य बजारको प्रगति टोल, देवचुली टोल र रजहर टोल एक हप्ताका लागि शिल गरिएको देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले बताउनुभयो ।

Share.

Leave A Reply