पोखरामा आज १ जना कोरोना संक्रमितको मृत्यु

0

भदौं १२,पोखरा
पोखरामा आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ मा आज ५२ बर्षीय १ पुरुषको मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका सह प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभएको छ ।

श्वसप्रश्वासमा समस्या देखिएर उपचारका लागि आउनुभएका पुरुषको आज करिव १२ः १५ मा मृत्यु भएको जनाईएको छ । मृत्यु भएका पुरुषमा हाईपरटेन्सन, डाईवेटिज लगायतका विरामी रहेको पनि जनाईएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड पुष्टी सँगै उपचरका क्रममा हालसम्म ६ जनाको मृत्यु भएको पनि प्रतिष्ठानका सह प्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिनुभएको छ ।

Share.

Leave A Reply