अब त  काँधको भारी बिसाइदिनुस् है बुबा 

0

कृपा अधिकारी
बुवा शब्द आफैमा अर्थपूर्ण शब्द हो । संसारको हरेक कुनामा गएर खोजे तापनि बुवाको अर्थ एउटा सिङ्गो अनुशासित र संस्कारी परिवारका रूपमा भेटिन्छ । बुवा घरको जग हो, बुवा नै परिवारको उज्यालो हो । संसारको आठौँ आश्चर्य बुवा हो, जसलाई दिन मात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन ।
मेरो बुवा भन्ने गर्नुहुन्छ – जिन्दगी जिउनका लागि दुई तरिका सधैँ अपनाउनू एउटा जे भइराख्या छ हुन देऊ, सहँदै जाऊ, चुइँक्क नबोल, दबेर बस अनि अर्को आफ्नो जिन्दगी आफ्नै मुठ्ठीमा राखेर आफ्नै तरिकाले जिउनु छ भने आफ्नो जिम्मेवारी आफै उठाऊ, आत्मबल दह्रो बनाऊ ती सबै उल्झनबाट आपूm उत्रिनका लागि ।
बुवा जब खुसी हुनुहुन्छ तब आनो सन्तानलाई आनो काँधमा बोक्नुहुन्छ । काँधमा बसाउनुको पनि छुट्टै कारण छ । बुवा सोच्नुहुन्छ कि मेरो सन्तानले त्यो सबै कुरा देखोस् जुन कुराबाट म सदैव वञ्चित थिएँ । हरेक बुवाको सपना हुन्छ, उसको बच्चाले आपूmले भन्दा धेरै राम्रो गरोस् । बुवा हिम्मत हो, बुवा नै सन्तानको सुरक्षाकवच हो । बुवा सहारा हो, बुवा सन्तानको पहिलो मार्गदर्शन हो । मेरो बुवा नै संसारको सबैभन्दा बलियो र शक्तिशाली व्यक्ति हो । मेरो बुवा नै मेरो परिवार हो । मेरो बुवा नै मेरो घरको जग हो । बुवा नै हो हामीलाई संसारमा सबैभन्दा अप्रदर्शित माया गर्ने । आमाको ओठको मीठो हाँसो बुवा हजुर हो । बुवा नै आमाको अभिमान हो, स्वाभिमान हो । बुवा नै हो हाम्रो सपनालाई पूरा गर्ने, जिम्मेवारी आनो थाकेको काँधमा सजाउने, बुवा नै हो आनो परिवारका लागि आफैलाई आफैले पर कतै लगेर बेचिदिने व्यापारी ।
बुवा हजुरले म सानो हुँदा मलाई मेरो हात समाउँदै डुलाउनुहुन्थ्यो । केही पुराना याद कल्पन मन लाग्यो । म फतक्कै गल्दा हजुर मलाई आनो काँधमै बोक्नुहुन्थ्यो, आपूmले नदेखेका कुराहरु पनि मलाई देख्यौ ? देख्यौ ? भन्दै सोध्नुहुन्थ्यो । त्यतिबेला मलाई लाग्थ्यो, मेरो बुवा त मलाई कति माथिसम्म उचाल्न सक्नुहुन्छ, मेरो बुवाले त यो घर नै उचाल्न सक्नुहुन्छ होला । बुबाले दिनरात नभनी घरमाथि परिवारमाथि नै आनो जवानी, इच्छा, आकाङ्क्षा सम्पूर्ण समर्पित गर्नुभयो । बुवाले आना साना भाइ बहिनीलाई सदैव माया गर्नुपर्छ भन्ने ज्ञान मेरो दिमागमा भरिदिनुभयो । केही पाइन्छ भन्ने आशाले पैसा ब्याज लगाउन दिए जस्तो होइन सम्बन्ध, एकोहोरो भए पनि उमेरको अनुभव र भोगाइले आना भाइबहिनीलाई सुबिधा दिनुपर्छ भन्नुभयो ।
मैले मेरो बुवाले गरेको मेहनत राम्रोसँग देखेकी छु । बुवा बिहानै कोदालो, हलो र फोरुवा बोकेर खेतमा काम गर्न गएको देख्दा बुवाका लागि खाना बनाएर लग्थँे । म भ्याँगुताजस्तै बुरुक बुरुक उफ्रिन्थेँ, मेरो हातको सबै खाजा पोखिएर खाना मात्र बाँकी रहन्थ्यो, मेरो बुवा आनो बच्चाले ल्याएको भन्दै चिसो कुवाबाट बग्दै गरेको पानीले खाना मुछ्दै खानुहुन्थ्यो ।
मेरो बुवाले लगाएको त्यो कछाड चुर्लुम्मै भिज्दा पनि उहाँ फोरुवाले बाउसे काम गर्दै बस्नुहुन्थ्यो । त्यो फोरुवाले बुवाको हातमा फोकैफोका पारिदिन्थ्यो, त्यही फोरुवाको बिडले नै बुवाको फोका फुटाउँथ्यो । हजुरले खेत रोप्ने मेलो सहज पार्दिनु हुन्थ्यो । त्यसैले त आज हामीले हीराजस्तै टल्कने सेतो चामलको भात खान सक्यौँ । जति नै दुःख भए पनि हजुरका आँखा भिजेको कहिल्यै देखिनँ बुवा । हजुरको न कुनै दराज छ, न कुनै मदुस तर यति धेरै दुःख हजुर कहाँ लुकाएर राख्नुहुन्छ ?
दुखेको त्यो खुट्टाले सकी नसकी झिजैझिजा मसिना बाँसका सिम्ठा बोक्दै तरकारीको लागि झिक्रा बनाउनुभयो । तरकारी राम्रो होस् भनी डोकाकै डोका मल खन्याउनुभयो, त्यसैले त आज त्यो सबै झिक्रा नै हरियाली हुने गरी विभिन्न थरीका फलफूल फुलेका छन् नि है बुवा ∕  मेरो सन्तानको भविष्य उज्यालो होस् भनेर दुनियासँग कति झुक्नु भयो होला है ∕ तर आज हजुरकै सन्तानले महेनत नै नगरी भाग्यलाई दोष दिँदै बस्दा हजुरको सपना त बन्द सटरभित्र खापिँदै खापिँदै ढुसी लाग्दै गुम्सेको पो रहेछ ।
बुवा हजुर बजार जानहुन्थ्यो तर कैयौँ दिनको पसिनाको कमाइले आमालाई साडी ल्याइदिने सपना राख्नुहुन्थ्यो। बुवा हजुरको खल्तीमा पैसा नहँुदा पनि त्यही साडी हेर्दै जाने हेर्दै आउने गर्नुहुन्थ्यो । कामदेखि घरमा आउन एकमुष्ठ पारेको पैसाले आमाको सुन्दर मुहारमा खुसी छर्नका लागि किन्देको त्यो साडी हेर्दा मलाई लाग्छ मेरो बुवासँग टन्नै पैसा छ ।
त्यो साडी त्यति बाक्लो रैछ कि मेरी आमाले आजसम्म अर्को साडी फेरौँ न भनेर बुवालाई कहिल्यै भन्नै सक्नुभएन । म अझै दोधारमै छु, आमाको साडी निकै बाक्लो थियो ? या बुवाको खल्ती पातलो ? आमाको कहानी सबैको मुखबाट सुनिन्छ तर आमालाई सफल बनाउन आनो काँध नै दाउमा राख्ने बुवाको इतिहास कसैले पढ्दैन किन ?
हरेक बुवाको चिन्ता हुन्छ कि मेरो सन्तानले म अपहेलित भएका ठाउँमा पाइला नटेकून् । आनो जीवनमा आइपरेको काँडा आफै निकाल्नू, बुवाआमाको आशामा कहिल्यै नबस्नू, जति नै हुनेखाने भए पनि माइतीको धाक नलगाउनू, माइतीको सम्पत्ति भनेको पिसाबको न्यानो मात्र हो र बुवाआमाको अनुपस्थितिमा पनि आनो जिवनलाई उत्तिकै सार्थक बनाउनू भनेर बुवाले बारम्बार झक्झकाउने पनि गर्नुभएको छ ।
छोरा–छोरी भएर अर्को कुरा पनि याद गर्नू– जसले तिम्रो हृदयलाई प्रेम गर्छ उसलाई हृदयदेखि सम्मान गर्नू, म मेरो सन्तानलाई मैले रोजेकासँग विवाह गर्नुपर्छ भनेर कुनै प्रकारको करबल गर्दै गर्दिनँ तर जसले तिम्रो अस्तित्वको पूजा गर्छ त्यही मान्छेलाई ढुंगाले कदापि नहान्नू, बिना घाउको पीडा कसैलाई नदिनू र आपूmले पनि नसहनू भन्ने कुराले समेत बुवाले सचेत गराउनुभएको छ ।
बुवाले आना आफन्तहरुसँग कुरा गर्दागर्दै सुनेकी छु, हजुर भन्ने गर्नुहुन्छ रे यो सबै बच्चामाथिको जिम्मेवारी हो मेरो, बुवा हजुरले कसरी सोच्नुभयो कि सबै हजुरकै जिम्मेवारी हो हामीमाथि भनेर ? हजाराँै जुनी चुकाउन सक्दैनौँ हजुरको त्यो सबै मायाको ऋण थियो हामीमाथि, बुवा जब दुनियाँले मुख बटारेर हिँड्छ, असफलताको आँसु बनेर आँखा नै ओभानो हुन दिँदैन, त्यसैबेलामा हामीलाई परबाट एक आवाज आउँछ, हामीले त्यो सुन्न सक्नुपर्छ जुन आवाज हाम्रै मुटुमा धड्किरहेको हुन्छ अनि भन्नुहुन्छ कि किन चिन्ता लिन्छौ ? म सधैँ तिमीसँगै तिम्रै छाया बनेर हिँडेको हुन्छु । बुवा तब पनि भन्नुहुन्छ मेहेनत गर, म छु । बुवाको यही कुराले हामीलाई थप हौसला दिन्छ, त्यसैले त कम्मर कस्न सकिन्छ नि बुवाको चिन्तालाई सफलतामा बदल्न ।
कस्तो माया हो बुवा यो ? घरमा मीठो तरकारी पाक्दा हजुरलाई कहिल्यै भोक नै लाग्दैन ? बुवा कस्तो माया हो यो ? हजुरको लहरे खोकीले हल्ला भयो भन्दै म कानमा चर्को आवाजको गीत लगाएर सुत्छु, लोडसेडिङ भएपछि हजुर उठ्नै नसक्दा पनि मेरा सामु आएर मलाई नै कापीको हाते पङ्खाले हम्काउँदै बस्नुहुन्छ ।
कस्तो प्रगाढ सम्बन्ध यो बुवा र सन्तानको एउटा बच्चा थोरै पीडामा भए पनि आफै अगाडि आएर सबै दुःख पानी पिएजस्तो घुटुक्क निल्दिन्छन्, बुवा मेरो मन विनाकारण दुःखी हुन्छ, हजुर भोकै बसेर दमित आवाजमा रुनुहुन्छ, बिना आवाज, बिना आँसु बुवा रुनुहुन्छ, आनो बच्चाको दुःखको काँडा आनै पोल्टामा सिउरिनुहुन्छ, त्यो काँडाले बुवालाई कति घोच्छ होला है तर बुवाले कहिल्यै आनो घाउ देखाउनु नै हुन्न ।
बुवा,  जिन्दगीमा प्रगति होला नहोला त्यो त अनुमान लगाउनै सक्दिनँ तर मनलाई बेस्सरी दुःखले च्यापेको बेलामा आनो बुवाको काखमा आएर रुन सके भने पनि मलाई सात जुनी रुन नपर्ने आशिष हजुरको अँगालोले दिन्छ जस्तो लाग्छ ।
सानैबाट सन्तानले बुवाआमालाई प्रयोग गर्दै आयाँै, कहिल्यै भीडमा हराइन्छ कि भन्ने डरले हरेक ठाउँमा आनै साथ लग्यो, उहाँको हात कहिल्यै छोड्नै खोजेन मात्र आनो स्वार्थका लागि । जब उहाँहरुलाई हाम्रो साथको आवश्यकता रÞयो, हामी कहिले पढाइको बहानाले, कहिले आनो इच्छाको बहानाले अनि कहिले स्वतन्त्रताको बहानाले आमाबुवाबाट निकै टाढा हुन खोज्यौँ ।
ती बुवाआमा नै हुन् आनो सन्तानका लागि आपूmसँग भएको अन्तिम चीज पनि बेचिदिने । आमाको त्यो ढिके फुली र बुवाको लालपुर्जा बेचेर हामीले आनो सपना पूरा ग¥यौँ तर बुवाआमाको अन्तिम श्वासमा पनि हामी उहाँहरुलाई मठमै सुताएर दराज फुटाल्दै उहाँकै जिउनी खोज्न पनि पछि पर्दैनौँ । अब हामी सबैले आफै विचार गरौँ न त के हामीहरुले उहाँहरुलाई उहाँहरुले जत्तिकै निश्छल माया गरेका रहेछौँ त ?
म अझै पनि दोधारमै छु हाम्रा लागि दुःख गर्दागर्दै गलेको त्यही शरीरमाथि चढेर हामीले देखेका सौन्दर्य सपना पूरा भए भने हामी उहाँहरुसँगै बसेर उहाँले पूरा गरेको जिम्मेवारीको ऋण चुकाउन सक्छौँ होला ? या फेरि पनि बहाना बनाउँदै पर पर भाग्छौँ होला ?
आफ्नो सन्तान भन्दाभन्दै परिवारलाई संस्कारी मूर्तिमा राख्दाराख्दै बुढेसकालमा पनि नथाक्ने त्यो बूढो काँधको भारी अब हामीले आनो काँधमा सार्न सक्छौँ होला ?
बुवाले जवानीमा खर्चिएको सम्पूर्ण त्याग उहाँकै इच्छाको बलिदान र उहाँकै अस्तित्वको सम्मान गर्दै उहाँलाई नै त्यो सम्पूर्ण माया अब हामी फिर्ता गर्न सक्छौँ होला ?
बुवाले हामीलाई सानो छँदा दिएको संस्कार, शिक्षा, सही मार्गदर्शन, सुरक्षा, अप्रदर्शित माया र त्यो काँधको जिम्मेवारी हामी अभिभावक हुँदा त्यो सबै कर्तव्य उहाँहरुले जस्तै गरी आना सन्तानका लागि पूरा गर्न सक्छौँ होला ?
बुवाको सम्पत्ति होइन बुवाको छाया आपूmसँग झल्कनु नै ठूलो आशीर्वाद हो । मैले संसारमा सबैभन्दा बढी विश्वास गर्ने व्यक्ति नै आनो बुवा हो, उहाँको पेट दश दिनकै भोको किन नहोस् तर उहाँले आजसम्म आनो इमान बेचेर क्षणिक खुसी हुने दुष्प्रयास कहिल्यै गर्नुभएन ।
मलाई मेरो जीवनको अन्तिम क्षणसम्म आनो जीवनदाताको कथा कोर्न मन छ । सम्पूर्ण बुवाहरुको प्रतिनिधि कथा लेख्ने इच्छा छ । अब त आनो काँधको भारी बिसाइदिनुस् न है बुबा  ।

Share.

Leave A Reply