चितवनमा फेरी एकसाता लकडाउन थप हुदैं, केहि क्षेत्रलाई खुकुलो बनाईने ।

0


भदौं १२, चितवन ।
चितवनमा फेरी एकसाता लकडाउन थप हुने भएको छ । केहि क्षेत्रलाई खुकुलो बनाउदै थप एकसाता लकडाउन गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले विजय एफएमलाई जानकारी दिनुभएको छ । उहाँले आधाकारिक निर्णय १ , डेढ घण्टामा आउने पनि बताउनुभयो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु पर्ने अवस्था आएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभएको छ ।
प्रशासनले दोस्रो पटक थप गरेको निषेधाज्ञाको अवधि आज (शुक्रबार) राति १२ बजेदेखि सकिदैछ । यस पटक निषेधाज्ञा थप गरिए पनि केही क्षेत्रलाई खुकुलो बनाउने तयारी गरिएको छ । अत्यावश्यक सामग्री उत्पादनका व्यवसायीहरुलाई निषेधाज्ञाले समस्या पारेको भन्दै बैंक तथा वित्तिय संस्थालाई केही खुकुलो बनाउने तयारी गरेको छ । दैनिक केही घण्टा मात्रै भए पनि बैंक संचालन गर्ने तयारी प्रशासनको छ । चितवन प्रशासनले पहिलो चरणमा साउन ३० गतेदेखि लागू हुने गरि भरतपुर महानगरपालिकामा मात्रै निषेधाज्ञा जारी गरेको थियो भने साउन ३२ रातिदेखि भदौं ५ गतेसम्मका लागि माडी नगरपालिका बाहेक सबै स्थानीय तहमा निषेधाज्ञा जारी गरेको थियो । प्रशासनले भदौं ६ गतेदेखि भने १२ गते रातिसम्म लागू हुने गरि जिल्लाभर नै निषेधाज्ञा थप गरेको थियो ।

Share.

Leave A Reply