चितवनमा आज २ जना कोरोना संक्रमितको मृत्यु

0


भदौं १२, चितवन ।
चितवनमा आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा भरतपुरमा उपचाररत क्षेत्रपुरका ५१ बर्षीय १ जना पुरुष र चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको सम्बन्धित अस्पतालले प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ ।
क्षेत्रपुरका ५१ बर्षीय पुरुषमा श्वास प्रश्वासमा गमभीर समस्या देखिएपछि पुष्पाञ्जली अस्पतालमा भरतपुरमा उपचारका लागि लगिएको थियो । भदौ ८ गते आरटी पिसिआरको रिपोर्ट पोजेटिभ आएपछि सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारको क्रममा आज विहान १० बजे निधन भएको अस्पतालका फिजीसियन तथा कोभिड १९ फोकल पर्सन डा. सन्दिप पाण्डेले जानकारी दिनुभएको छ । मृत्यु भएका व्यक्ति लामो समयदेखी दमको विरामी र फोक्सोमा गम्भीर समस्या रहेको पनि डा. पाण्डेले जानकारी दिनुभयो ।

यसैबिच चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१९ की ७१ वर्षीया महिलाको आज (शुक्रबार) विहान ६ः५० बजे मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए । निमोनिया र दमको बिरामी ती महिलालाई यही भदौं ७ गते विहान ९ः३० बजेको समयमा श्वासप्रश्वासको समस्या भइ जटिल अवस्थामा चितवन मेडिकल कलेज ल्याइएको थियो । सोही बेला कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ आएको थियो । उनलाई अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । सो अस्पतालमा अहिले पनि ४० जना संक्रमितको उपचार भइरहेकोमा २० जना संक्रमितको गम्भिर अवस्थामा आइसीयू कक्षमा उपचार भइरहेको छ । जसमध्ये तीन जनालाई भेन्टिलेटरको सहायतामा उपचार भइरहेको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा कोरोनाबाट मृत्यु हुनेमा ती महिला पहिलो व्यक्ति हुन् ।

Share.

Leave A Reply