पोखरामा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु

0


प्रेम क्षेत्री
भदौ ११, गैंडाकोट ।
पोखरामा कोरोना सङ्क्रमित एक महिलाको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसियुमा उक्त महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका – ११ का ३२ बर्षीय कोरोना संक्रमित महिलाको आज बिहान ८ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसियुमा मृत्यु भएको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानका निर्देशक सह प्रा. डा अर्जुन आचार्यले जानकारी दिनुभएको छ ।
यो सँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७८ पुगेको छ । हालसम्म निको हुनेको संख्या १६६५ रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

Share.

Leave A Reply