गण्डकी प्रदेशमा निको हुने दर ८४.२१ प्रतिशत

0


प्रेम क्षेत्री
भदौ ११, गैंडाकोट । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुने दर ८४.२१ प्रतिशत रहेको छ ।
हालसम्म निको हुनेको संख्या १६६५ रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । जुन निको हुने दर ८४.२१ प्रतिशत रहेको प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा पछिल्लो पटक नयाँ २६ जना संक्रमितहरु थपिएका छन् । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७८ पुगेको छ ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १ जना संक्रमित कास्की जिल्ला, पोखरा महानगरपालिका, वार्ड नं १६ का ७६ बर्षीय पुरुष हुनुहुन्छ । उहाँ पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ईमर्जेंसीमा उपचारको लागि आउनुभएको थियो । उहाँलाई अहिले पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसोलेसन केन्द्रमा राखिएको छ ।

Share.

Leave A Reply