गैंडाकोटका १ सहित नवलपुरका ३, चितवनका थप २० जनामा कोभिड १९ संक्रमण पुष्टी

0

गैंडाकोट, भदौ ११ । गैंडाकोट ५ का एक पुरुषमा कोभिड १९ संक्रमण पुष्टी भएको छ । ३५ वर्षीय पुरुषमा सक्रमण पुष्टी भएको हो । चितवन मेडिकल कलेजमा भएको पीसीआर परीक्षणमा संक्रमण देखिएको अस्पतालले जनाएको छ । त्यस्तै नवलपुरकै मध्यविन्दु १० का दुई जना पुरुषमा पनि कोभिड १९ संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टी भएकाहरुको थप विवरणको खोजपडताल जारी छ ।

भदौ १० गते गरिएको १५५ नमुना परीक्षणमा नवलपुुर सहित ४ जिल्लाका २६ जनामा संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । त्यस्तै चितवनका थप २० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजमा रहेको कोभिड १९ परीक्षण ल्यावमा भएको परीक्षणका क्रममा भरतपुर महानगरपालिकाका १६ जना र रत्ननगर नगरपालिकाका ४ जनामा संक्रमण देखिएको माइक्रोवायोलोजिष्ट डा नविन कुमार चौधरीले जानकारी दिनुभयो । त्यस्तै अन्य जिल्लाका व्यक्तिहरुमा सर्लाहीका २ जना र तनहुँका १ जनामा संक्रमण पुष्टी भएको हो । चितवनमा निजी क्षेत्रबाट परीक्षण सुरु गरेको यो पहिलो मेडिकल कलेज रहेको छ ।

Share.

Leave A Reply