नवलपुरमा कुल परिक्षणमध्ये ७ प्रतिशतमा कोरोना पुष्टि

0

श्रीधर उपाध्याय, गैँडाकोट, १० भदौ । नवलपुरमा परिक्षण नमुनामध्ये ७ दशमलब २ प्रतिशतमा कोरोना पुष्टि भएको तथ्यांकले देखाएको छ । बुधबारसम्म करिब ५ हजार ७ सय १३ जनाको रिपोर्ट प्राप्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । जसमध्ये ७ दशमलब २ प्रतिशत अर्थात ४ सय ११ जनामा संक्रमण देखिएको छ ।

बुधबार १ सय ४१ जनाको स्वाब संकलन गरिएको छ । पछिल्लो २४ घण्टामा गैँडाकोटमा ३ जना, देवचुलीमा १ जना, कावासोतीमा ५ जना गरि ९ जनामा संक्रमण थप भएको छ । कावासोतीका संक्रमित मध्ये नेपाली काँग्रेसका जिल्ला सचिव वालकृष्ण घिमिरेले आफू संक्रमित भएको सामाजिक संजाल मार्फत जानकारी गराउँदै आफुँ सँग पछिल्लो पटक सम्पर्कमा रहेकाहरुलाई सचेत रहन आग्रह गर्नुभयो ।

 

आज थप भएका गैँडाकोट वाड नं. १ की स्थानीय महिला र वाड नं. १३ का भारतबाट आई क्वारेण्टिन बसेका २ जना व्यक्ति रहेको गैँडाकोट नगरपालिकाले जनाएको छ । यस अघि भदौ ८ गते भेडावारीमा संकलित ४७ स्वाव मध्ये ३ वाहेक सवै नेगेटिभ आएको पनि नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

देवचुली नगरपालिकाको आज थप भएको संक्रमित वाड नं. १० मिलन टोलमा बस्ने सिएमसिमा कार्यरत स्वास्थ्यकर्मी रहेको नगरपालिकाले जनाएको छ । सो क्षेत्रमा १५ गतेसम्मका लागि लकडाउनमा थप कडाइ गरेको छ । स्थानीयलाई घरभित्रै बस्न आग्रह गरको छ ।

 

हाल ४ सय ११ जना संक्रमित संख्या रहेको छ । जसमध्ये ३ सय ३८ जना निको भइसकेका छन् भने ११ जनाको जिल्ला बाहिर उपचार जारी रहेको छ । जिल्ला भित्र ६१ जनाको उपचार भइरहेको छ ।

नवलपुरको पहाडी जिल्ला बुलिंगटार र बौदीकालीमा ३८/३८ जना संक्रमित रहका थिए । उनिहरु सबै निको भइसकेको र आजको दिनमा पालीकामा सक्रिय कोरोना संक्रमित नरहेको बौदीकालिकाका सूचना प्रविधि अधिकृत मिलन श्रेष्ठ र बुलिंगटारका स्वास्थ्य शाखाका अशोक श्रेष्ठले जानकारी दिनुभएको छ ।

 

जिल्लाभरि क्वारेण्टिनमा रहनेको संख्या ५३ रहेको छ । सबैभन्दा बढी गैँडाकोटका १७ जना रहेका छन् । बुलिंगटारमा कुनै पनि व्यक्ति हाल क्वारेण्टीनमा रहेका छैनन । कुल संक्रमित पनि गैँडाकोट नगरपालिका क्षेत्रमा नै जिल्लाकै सबै भन्दा धेरै रहेको छ । गैँडाकोटमा कुल संक्रमित संख्या ७७ जना रहेका छन् । सबैभन्दा कम देवचुली नगरपालिकामा ३२ जना रहेका छन् ।

Share.

Leave A Reply