गैंडाकोट ४ की सङ्क्रमितबारे अन्यौल

0


प्रेम क्षेत्री
भदौ १०, गैंडाकोट । गैंडाकोट ४ की कोरोना सङ्क्रमित रिपोर्टबारे अन्यौलता वढेको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) जिल्लाको गैंडाकोट ४ मा एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको भन्दै स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो १२ः५० मा प्रेस विज्ञप्ती जारि गरेपनि यस विषयमा अन्यौल बढेको छ ।
गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले यस विषयमा अहिले कुनै जानकारी प्राप्त भई नसकेको जानकारी दिनुभयो । निर्देशनालयको विज्ञप्तीमा अन्य प्रदेशमा गरिएको परिक्षण प्रतिवेदन ढिलागरि प्राप्त भएको उल्लेख गरिएको छ । यसअघि कै रिपोर्ट समावेश गरिएको वा अन्य प्रदेशमा गरिएको परिक्षणबारे एकिन भईनसकेको उहाँको भनाई छ । यस विषयमा खोजी भईरहेको उहाँले बताउनुभयो ।


गैंडाकोट स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले गैंडाकोट ४ मा ५ जना सङ्क्रमित मध्ये सबै जना निको भएर घर गईसकेको अवस्था रहेको जानकारी दिनुभयो ।
हाल गैंडाकोट नगरपालिकामा कोभिड १९ पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ रहेको उहाँले बताउनुभयो । जसमध्ये ८ जना पुरुष र ९ महिला रहेका छन् । गैंडाकोटमा कुल संक्रमितको सङ्ख्या ७७ रहेको र ६० जना निको भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply