गैंडाकोट १ लेतेटाँडीका एक परिवार सहित ५ जनालाई निर्घात कुटपिटको आरोपमा ३ जना पक्राउ

0

गैंडाकोट, १० भदौ । गैंडाकोट नगरपालिका वडानम्वर १ लेतेटाँडीमा वसोवास गर्दै आएका आइतीमाया गुरुङका परिवारलाई ५,६ जनाको समुहले निर्घात कुटपिट गरेका छन् । भदौ ८ गते राति ११ बजेको समयमा रक्सी सोध्न आएको र छैन भनेपछि निर्घात कुटपिट गरेको गुरुङका श्रीमान् कुष्णले एक भिडियोमा बताएका छन् ।

कुटाइबाट वर्ष ३६ की आइतीमाया गुरुङको दाइने आखामा चोट सहित शरिरमा निलडाम , उहाँका श्रीमान् ४९ वर्षीय कृष्ण वहादुर गुरुङको खुट्टामा चोट सहित शरिमा निलडाम, आइतमायाका वुवा ६८ वर्षीय मन वहादुर गुरुङको टाउकोमा चोट र आइतमायाकी आमा ६० वर्षीय श्रीमाया गुरुङको घुचुक्कमा चोट लागेको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख प्रहरी निरीक्षक चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

साथै घरमा पाहुना आउनुभएका ५९ वर्षीय होम वहादुर गुरुङको पनि टाउकोमा चोट पुगेको र सवै जनाको चितवन मेडिकल कलेज मा उपचार भइसकेको थापाले बताउनुभयो । रकम अभावमा डिस्चार्ज हुन वाँकी रहेको उहाँको भनाई छ । गएराति उद्दारमा जानुभएका युवा मदन गुरुङका अनुसार परिवारलाई दाउरा, खुर्पाको पछाडीको भाग, पेटी लगायतका सामाग्रीले निर्घात कुटपिट गरेका थिए । कुटपिट मात्र नभई हात, मुख समेत वाँधेर छोडिदिएका थिए । पछि केही युवा र इलाका प्रहरी कार्यालय गैडाकोटबाट गएका प्रहरीहरुले उनीहरुको उद्दार गरेका थिए । घटनामा संलग्नको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक चन्द्रवहादुर थापाको भनाई छ । प्रहरी निरीक्षक थापाले घटनाको गम्भीर रुपमा अनुसन्धान भएको र घटना हुनुको प्रमुख कारण के हो भन्ने वारे घाइतेहरुसँग वयान लिएपछि थप आउने बताउनुभयो । घटनाको प्रकृतिलाई सामान्य रुपमा आफूहरुले नलिएको उहाँको भनाई छ ।

लेतेटाँडीमा जम्मा दुइ घर लामो समय देखि वसोवास गर्दै आइरहेका छन् । नगरपालिकाले विकासका नाउँमा न त पानी न विजुली उपलब्ध गराएको छ । उनीहरुको घर माथिबाट अर्को गाउँका लागि विजुलीको तार जान्छ तर उनीहरु सोलारकै भरमा जीवन विताउन परिरहेको छ ।

Share.

Leave A Reply