नवलपरासीको गैंडाकोटमा एक शिक्षकको हत्या

0

प्रेम क्षेत्री चैत ३१– नवलपरासीको गैंडाकोटमा एक शिक्षकको हत्या भएको छ ।

सरस्वती निकेतन बोर्डीङ स्कुलका प्लस २ कोअर्डिनेटर शेषकान्त रिमालको हत्या भएको हो । उहाँले अंग्रेजी विषय अध्यापन गराउने गर्नुहुन्थ्यो ।

गैंडाकोट २ गोपिधाममा डेरा गरी बस्ने विनयी गाँउपालिका साविक दुम्कीबास १ का ३६ वर्षका शेषकान्त रिमालको हत्या भएको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी प्रमुख प्रहरी निरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

मृतक रिमालकी श्रीमतीले दिएको जानकारी अनुसार घरमुली गैंडाकोट २ का ४१ वर्षका विष्णुप्रसाद पौडेलले बिहान ३ बजे एक्कासी कोदालोले हानेका हुन् । कोदालो प्रहार गर्ने घरमुली पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । रिमालको उपचारको क्रममा बिहान ४ बजे सिएमसि अस्पताल भरतपुरमा ज्यान गएको प्रहरी भनाई छ ।

आपसी विवादका क्रममा भएको झगडाले उनको ज्यान गएको वुझिएको प्रहरीले जनाएको छ । यद्यपि घटनाका विषयमा अनुसन्धान चलिरहेको प्रहरी निरिक्षक हमालले जानकारी दिनुभयो ।

विद्यालयका प्राचार्य भरतबाबु कंडेलले रिमाल मिलनसार शिक्षक भएको बताउनुभयो । झै झगडादेखी टाढै रहने शिक्षकको हत्याले दुखीत तुल्याएको भन्दै उहाँले हत्यामा संलग्न व्यक्तीलाई कडा कारवाहीको माग गर्नुभयो ।

Share.

Leave A Reply