गैंडाकोट २ मा आजबाट थप कडाई, सकेसम्म फार्मेसी पनि संचालन नगर्न आह्वान

0

डोलराज रानाभाट, ९ भदौ । गैडाकोट नगरपालिका वडानम्वर २ मा फार्मेसीपनि संचालन नगर्न आह्वान गरिएको छ । त्यस्तै दुग्ध पसल पनि अत्यावश्यक वाहेक संचालन नगर्न गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले आह्वान गर्नुभएको छ । वडानम्वर २ मा थप जोखिम वढेका कारण अत्यावश्यक भए जनप्रतिनिधिलाई फोन गरेर मात्रै फार्मेसी र दुग्ध पसल खोल्न अन्यथा केही दिन वन्द नै गर्न उहाँको आग्रह छ ।

 

यसैविच कुनै पनि फार्मेसीमा औषधि लिन वा जचाउन आउने जो कोही भएपनि पूर्ण विवरण संकलन गरेर मात्रै सेवा दिन नगरप्रमुख पौडेलको आग्रह छ । दुग्ध पसल संचालन गरिहालेपनि सवै व्यक्तिको विवरण राखेर मात्रै सेवा दिन नगरप्रमुख पौडेलले आग्रह गर्नुभयो । अहिले स्थितीलाई नियन्त्रणमा लिन सवैले सहयोग गर्नुपर्नेमा उहाँको जोड छ ।

 

यसैविच गैडाकोटमा आज २ जना नयाँ संक्रमित थपिएका छन् । उनीहरु दुवै जना स्थानीय समुदायका व्यक्ति रहेका छन् । संक्रमण पुष्टी हुनेमा गैंडाकोट २ निवासी ५२ वर्षीय महिला रहनुभएको छ । भदौ ३ गते रत्नगनर आफन्तकोमा जाँदा स्वाव दिएर भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालामा जाँच गर्दा उहाँमा पोजेटिभ देखिएको हो । अहिले उहाँलाई रजहरमा पठाइएको छ । त्यस्तै आज नै सीएमसी चितवनमा कार्यरत गैंडाकोट १ की २२ वर्षीय महिलामा सक्रमण पुष्टी भएको छ । उहाँको स्वाव सीएमसीमा परीक्षण गरिएको थियो ।

 

उहाँलाई सीएमसीकै आइसोलेसनमा राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले जानकारी दिनुभयो । आवश्यकता अनुसार घर सिल गरिएको पौडेलले बताउनुभयो । यो सँगै गैडाकोटमा कुल संक्रमितको सख्या ७४ पुगेको छ ।

हालसम्म निको हुनेको सख्या ५९ पुगेको छ भने १५ जना मात्रै सक्रिय संक्रमित रहेका छन् । यसरी गैंडाकोट १ मा ३ जना, गैडाकोट २ मा १२ जना, गैडाकोट ५ मा २ जना, गैडाकोट ७ मा २ जना, गैडाकोट १२ मा १ जना, गैडाकोट १५ मा १ जना गरी कुल २१ जना समुदायका व्यक्तिमा आजसम्म कोभिड १९ पुष्टी भएको छ । यसैविच यस अघि कोभिड १९ पुष्टी भएका व्यक्तिहरुको कन्टयाक्ट ट्रेसिङमा आएका सहित १०४ जनाको आज स्वाव संकलन गरिएको छ । ४० महिला सहित उक्त सख्यामा स्वाव संकलन गरिएको र परीक्षणका लागि पोखरा पठाइएको पौडेलले जानकारी दिनुभयो ।

 

आज नै कावासोती नगरपालिका वडानम्वर ३ निवासी ६५ वर्षीय महिलामा पनि कोभिड १९ पुष्टी भएको छ । उहाँको सीएमसीमा उपचार हुँदै गर्दा स्वाव लिएर परीक्षण गर्दा पोजेटिभ देखिएको हो । यो सँगै कावासोतीमा सक्रमितको संख्या ६६ पुगेको र ५३ जना निको भइसकोको स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद नागिलाले जानकारी दिनुभयो । आज नै विनय त्रिवेणी ६ का ३३ वर्षीय एक महिलामा पनि कोभिड १९ पुष्टी भएको छ उहाँ पनि सीएमसीमै उपचारत आफन्तलाई कुर्न वस्दा संक्रमण देखिएको छ ।

 

यो सँगै नवलपुर जिल्लामा कोभिड १९ संक्रमितको कुल सख्या ४०२ पुगेको छ । ३३८ जना निको भइसकेका छन् भने जिल्ला भित्र ५६ र जिलला वाहिर ६ जना उपचारत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply