गैंडाकोटको समुदायमा कोरोना संक्रमण

0

डोलराज रानाभाट, ८ भदौ । गैंडाकोट नगरपालिकामा आज सम्म समुदायका १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये गैडाकोट नगरपालिका वडानम्वर २ मा मात्रै ११ जना स्थानीय व्यक्तिमा कोभिड १९ पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

गत साउन १ गते पहिलो पटक सुरक्षाकर्मीमा कोभिड १९ संक्रमण पुष्टी पछि समुदायमा कोभिड १९ देखिएको थियो । सो समयमा ५ जना सुरक्षाकर्मी र गैडाकोट १ का स्थानीयमा संक्रमण देखिएको थियो ।

 

त्यसपछि साउन २४ गते वुटवलमा वँैकमा कार्यरत गैंडाकोट १५ का एक व्यक्तिमा कोभिड संक्रमण देखियो । उहाँहरु निको भइसक्नुभएको छ । त्यस्तै भदौ ३ गते एकै पटक ४ जना समुदायका व्यक्तिमा कोभिड १९ पुष्टी भयो । जस्मिन पेन्ट्समा काम गर्ने गैंडाकोट ७ का एक पुरुष र एक महिला गरी २ जनामा, क्यान्सर अस्पतालमा कार्यरत गैंडाकोट ५ निवासी एक जना महिला स्वास्थ्यकर्मीमा, भरतपुरमा कार्यरत गैंडाकोट २ का एक पुरुष सुरक्षाकर्मीमा कोभिड १९ देखिएको थियो ।

 

त्यसैको भोलिपल्ट भदौ ४ गते गैडाकोट २ कै एक जना पुरुष र एक जना स्थानीय महिलामा संक्रमण देखियो । भदौ ५ गते पनि लक्ष्मी वैँक रजहरमा कार्यरत गैंडाकोट २ का एक जना पुरुषमा कोभिड १९ पुष्टी भएको थियो भने भदौ ६ गते गैंडाकोट १२ का ट्रक चालक स्थानीय व्यक्तिमा पनि संक्रमण देखिएको थियो ।

भदौ ६ गते भरतपुर अस्पतालका कार्यरत गैंडाकोट १ का स्थानीय महिलामा, सीएमसीमा कार्यरत गैडाकोट ५ का पुरुषमा संक्रमण पुष्टी भएको स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

 

आज पुन गैडाकोट २ कै एक दम्पतीमा कोभिड १९ पुष्टी भएको छ । उहाँहरु सीएमसीमा विरामीलाई कुर्न वस्दा स्वाव दिनुभएको थियो । परीक्षणपछि दुवै जनामा रिपोर्ट पोजेटिभ देखिएको छ । सवै उपचाररत हुनुहुन्छ । यसरी गैंडाकोट १ मा २ जना, गैडाकोट २ मा ११ जना, गैडाकोट ५ मा २ जना, गैडाकोट ७ मा २ जना, गैडाकोट १२ मा १ जना, गैडाकोट १५ मा १ जना गरी कुल १९ जना समुदायका व्यक्तिमा आजसम्म कोभिड १९ पुष्टी भएको छ ।

यसैविच नगरस्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले गैंडाकोट २ का कोभिड १९ संक्रमितको कन्टयाक्ट ट्रेसिङमा आएका व्यक्तिहरुलाइ भोलि विहान ७ बजे भृकुटी चोकमा हुने स्वाव संकलनमा उपस्थित हुन आग्रह गर्नुभएको छ । वडाअध्यक्ष र स्वास्थ्यकर्मीहरुले नाम टिप्नुभएका व्यक्तिहरुलाई स्वाव दिनका लागि उपस्थित हुन उहाँको आह्वान छ । आज पनि गैडाकोट नगरपालिकाको भेडावारीमा ४७ जनाको स्वाव संकलन गरी परीक्षण्का लागि पोखरा पठाइएको छ ।त्यस्तै आज नै कावासोतीबाट १४८, हुप्सेकोटबाट ५७ ,जिल्ला अस्पतालबाट ४३ र रजहर आइसोलेसनबाट १४ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।

संक्रमण हुने भाइरस यसरी कम गर्न सकिन्छ ।

मात्रै १५ मिनेट छुट्याउनु, कोभिड १९ संक्रमणबाट बच्नु

३२१ कोरोना संक्रमित निको हुन महत्वपूर्ण सहयोग गरेको केही विधिहरु, जसरी भिडियो हर्नुहोला । प्राकृतिक चिकित्सालय रजहरका निर्देशक डा विनोद पौडेलले यहाँ महव्पूर्ण प्राकृतिक उपचार पद्धतीहरु व्यवहारिक सहित प्रस्तुत गर्नुभएको छ । कसरी भाइरस फैलिदैन त ? अहिले समुदाय स्तरमा संक्रमण देखिदा यी विधि अपनाउदा धेरै नियन्त्रण हुन सक्छ । त्यसैले भिडियो नछुटाई हेर्नुहोला साथै यी विधि प्रयोग गर्न घरायसी सामाग्रीबाट सजिलै सम्भव छ ।………………………………………………………………………………………………………जलनेति अर्थात् नुनपानीले नाक र नाक भित्रको भागलाई सफा गर्ने प्रक्रिया हो । जसको अभ्यासबाट नाक भित्र जमेको फोहोरलाई निकाल्न मद्दत गर्दछ । नुन पानीको प्रयोगले कोरोना भाइरस (कोभिड-19) लाई मार्न नसकेपनि सङ्ख्यात्मक वृद्धिमा अवरोध पुर्याउँछ जसले गर्दा संक्रमण भइहाले पनि खराब अवस्था आउन र मृत्युदर घटाउन समेत मद्धत गर्दछ । नुन पानीको प्रयोगले हाम्रो शरीरलाई रोग लगाउन सक्ने धेरै प्रकारका ब्याक्टेरिया हरुलाई मार्न सक्ने भएका कारणले समेत कोरोना संक्रमणका साथमा अन्य संक्रमण समेत हुन दिँदैन । जुन मृत्युदर घटाउन सक्ने अर्को कारण पनि हो । कोरोनाका साथमा अन्य संक्रमण भएमा संक्रमण खराब अवस्थामा पनि पुग्न सक्दछ। नाकको सफाई यसकारण पनि महत्वपूर्ण छ कि कोरोना संक्रमण भैसकेपछि सबैभन्दा बढी वृद्धि विकास हुने ठाउँ भनेको नाक को भित्री भाग हो भनेर धेरै प्रयोगशालाहरुको परीक्षणले प्रमाणित गरिसकेका छन् । नुन पानीको कुल्ला गर्ने बाफ लिने गर्दा समेत माथिल्लो श्वासनलीमा भाइरसको संख्या लाई कम गर्न मद्दत गर्दछ र शरीरको रोग प्रतिरोधात्मक क्षमताले बाँकी रहेको भाईरस लाई सहजताका साथ परास्त गर्न सक्दछ । जसले गर्दा संक्रमित छिटो संक्रमण मुक्त हुन सहयोग पुग्दछ । जलनेति, नुन पानीको कुल्ला, बाफ लिने जस्ता प्रक्रियाले नाक र मुख को भित्री भागलाई पखालिदिने हुनाले संक्रमित बोल्दा खोक्दा हाछ्युँ गर्दा समेत नाक र मुख बाट निक्लने भाइरसको संख्या घटाइदिन्छ जसले गर्दा संक्रमण फैलिने सम्भावना पनि कम हुन्छ । यसकारण समेत यी सामान्य विधिहरु समुदायमा संक्रमण फैलन बाट बचाउन सक्ने मास्क लगाउने हातधुने जत्तिकै महत्वपूर्ण रहेका छन् । जसलाई सङ्क्रमित भएपनि नभएपनि नियमित अभ्यास गर्दा राम्रो हुन्छ । धेरैजसो मानिसलाई खराब असर गर्ने कीटाणुहरू (Pathogenic microorganism) शरीर को सामान्य तापक्रममा वृद्धि विकास हुने खालका हुन्छन् । बाफ लिँदा नुनपानीले कुल्ला गर्दा नाक भित्रको तापक्रमलाई 104 डिग्री फरेनहाइट सम्म बढाउन सकिने हुनाले समेत माथिल्लो श्वासनलीमा संक्रमण गरी मानव शरीरलाई रोगी बनाउन सक्ने किटाणुहरु बाट बचाउन मद्दत गर्दछ ।

Posted by 101.6 Vijaya FM on Sunday, August 23, 2020

 

 

Share.

Leave A Reply