गैँडाकोट २ मा घरबाट बहिर निस्कन बन्देज, सबै प्रकारका पसल व्यवसाय बन्द

0


प्रेम क्षेत्री
गैँडाकोट । गैँडाकोट नगरपालिकाको वडा नम्बर २ मा नगरकै सबैभन्दा बढि कोरोना सङ्क्रमण भएको पाईएपछि वडामा घरबाट बाहिर निष्कन बन्देज लगाइएको छ भने सबै प्रकारका पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ ।
नगरपालिकाका ४ वटा वडाबाहेक अन्य सबै वडाका कोही न कोहीमा कोरोना सङ्क्रमण रहेको पाइएको छ । त्यसमध्ये पनि गैंडाकोट २ मा सबैभन्दा वढि सङ्क्रमण पाईएको हो । १८ वटा वडा मध्ये यस वडाका मात्रै २२ जना रहेका छन् । हालसम्म १६ जना निको भएर घर फर्किएका छन् भने ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । र उनिहरुको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईशोलेसनमा उपचार भईरहेको छ ।
सङ्क्रमण दर उच्च रहेको र समुदाय स्तरमा नै कोरोना पुष्टि भएसँगैं वडामा घरबाट बाहिर निष्कन पूर्णरुपमा बन्देज लगाईएको हो । यहि भाद्र ९ गते राती १२ बजेदेखी भाद्र १५ गते राती १२ बजे सम्मका लागि सबै प्रकारका पसल व्यवसाय बन्द गर्ने निर्णय भएको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । टोल विकास संस्थाले नगरपालिका र प्रहरीसँगको समन्वयमा स्वयम्सेवक परिचालन समेत गर्ने भएका छन् ।


गैंडाकोट वडा नम्बर २ को भृकुटिचोकदेखी उत्तरतर्फ वडा नम्बर १ को सिमाना हुँदै पूर्वतर्फको सिमाना नागरिक कलेज सम्मको क्षेत्र, पुलचोक, नारायणी नदि किनार, ईलाका प्रहरी कार्यालयदेखी दक्षिण एस.पि.एम. टोल विकास संस्थाको क्षेत्रमा कोही पनि घर बाहिर निस्कन नपाईने गरि बन्देज लगाईएको हो । उक्त क्षेत्रको फोहरमैला सो समयमा संकलन नगर्ने निर्णय समेत गरिएको छ । यो अवधिकमा कन्ट्रयाक टे«सिङ गरि पि.सि.आर परिक्षणको दायरा वढाउने उहाँले बताउनुभयो ।
राजनैतिक दल, वडा समिति, उद्योग वाणिज्य संघ, रेडक्रस, मिडिया, गैर सरकारी संस्था, सहकारी संस्था, महिला समूह, वित्तीय संस्था लगायत सबैले आ–आफ्नो समितिका सदस्यलाई महामारी नियन्त्रणमा आ–आफ्नो स्थानबाट सक्रिय भई सचेत नागरिकको भुमिका निर्वाह गर्न अनुरोध समेत गरेको छ । सङ्क्रमणको प्रभाव कम गर्न बेला बेलामा तातो पानी पिउन, तातोपानीले मुख कुल्ला गर्न, योग व्यायम र ध्यान गर्न अनुरोध गरेको छ । नगरपालिका, नेपाल प्रहरी वडा समितिका पदाधिकारी टोल विकास संस्थाका सदस्यहरु संलग्न भई अनुगमन गर्ने लगायतका निर्णय भएको वडा अध्यक्ष ध्रुवराम पौडेलले बताउनुभयो ।
२ बाहेक नगरपालिका ४ वटा वडामा शुन्य र अन्य वडामा एकोहोरो अंकमा संक्रमित रहेका छन् ।
नगर स्वास्थ्य शाखा गैँडाकोटका अनुसार हालसम्म नगरका १०, ११, १६ र १८ नम्बर वडामा सङ्क्रमण नरहेको पाइएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार गैँडाकोटमा सङ्क्रमितको सङ्ख्या ७२ पुगेको छ । नगरमा हाल सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या १३ रहेको छ ।

Share.

Leave A Reply