नगरवासीलाई सन्देश दिन भन्दै गैंडाकोट नगरपालिका कार्यालयको हाताभित्र रहेको गैंडाको मुर्तीमा मास्क लगाईयो

0

भदौ ८, गैंडाकोट
                                                                               तस्विरः प्रकाश भण्डारी
गैंडाकोट नगरपालिका कार्यालयको हाताभित्र रहेको गैंडाको मुर्तीमा मास्क लगाईएको छ । नगरपालिका प्रवेश गर्दा नागरिक सचेत बनुन र मास्क अनिवार्य प्रयोग गरुन भन्ने अभिप्रायले गैंडाकोट नगरपालिका कार्यालयको हाताभित्र रहेको गैंडाको मुर्तीमा मास्क लगाईएको नगरपालिकाका जनस्वास्थ्य निरिक्षक ईन्द्रराज शर्माले बताउनुभयो । उहाँले नगरपालिका भिडभाड हुने क्षेत्र र त्यहि रहेको स्वास्थ्य शाखा र चौकीमा पनि मानिसहरुको बाक्लो आवात जावत हुने भएकाले मास्क प्रयोग गर्न सन्देश दिएको बताउनुभयो । यसरी गैंडाले मास्क लगाएको मुर्ति देख्दा पकेटमा मास्क राख्नेले पनि लगाउनुपर्छ भनेर लगाएको उहाँले विजय एफएम सँग कुराकानी गर्दै बताउनुभयो । यस्तै नगर स्वास्थ्य शाखा प्रमुख झलक राज पौडेलले सम्पूर्णलाई मास्क प्रयोग गर्न, अनावश्यक काममा बाहिर ननिस्कन र समय समयमा सावुन पानीले हात धुन आग्रह गर्नुभएको छ ।
गैंडाको मुर्तीमा मास्क लगाईएको कुराले सामाजिक सञ्जालमा कतिपयले सन्देशमुलक भनेका छन भने कतिपयले यस्तो कदम उचित नभएको प्रतिक्रिया पनि दिएका छन ।

Share.

Leave A Reply