नवलपुरमा २०७६ को एसइइ नतिजा,आन्तरिक मुल्याङ्कनमा टिप्पणी

0

डोलराज रानाभाट, गैंडाकोट, ७ भदौ । यस पटकको एसईई २०७६ को नतिजाका लागि विद्यालयलाई आन्तरिक मूल्याङ्कनको जिम्मा दिएपछि नवलपुर जिल्लामा अस्वाभाविक नतिजा आएको टिप्पणी गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई नवलपुरले उपलब्ध गराएको नतिजा विवरण अनुसार गत वर्षको एसइइमा समता स्कुल कावासोतीका २ जना विद्यार्थीहरुले मात्रै जिपिए चार ल्याएका थिए । तर अहिले आन्तरिक मूल्याङ्कनको जिम्मा सम्वन्धित विद्यालयलाई दिँदा यो वर्ष १४३ जनाको जिपिए ४ आएको हो ।

कोभिड १९ र यसको संक्रमण हुने डरले सरकारले चैत्र ६ गते को अघिल्लो दिन एसइइको परीक्षा स्थगित गरेपछि सम्वन्धित विद्यालयका प्रधानाध्यापक अध्यक्ष, सम्बन्धित कक्षा शिक्षक सदस्य र सम्बन्धित माध्यमिक तहका शिक्षकहरु मध्ये नियुक्तिका आधारमा सवैभन्दा ज्यष्ठ शिक्षक प्रतिनिधि सदस्य रहने गरी मूल्लयाङ्कन समिति गठन गरिएको थियो यही समितिले विद्यार्थीहरुको अन्तिम मूल्याङकन गर्ने अधिकार पाएको थियो ।

अहिले नतिजाले विद्यालय र शिक्षकहरुले गर्ने आन्तरिक मुल्याङ्कनको क्षमतामा प्रश्न उव्जिएको प्याव्सन नवलपुरका सचिव भिम कडेँलले जानकारी दिनुभयो । केही निजी तथा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुले मूल्याङ्नमा लापार्वाही गरेको बताउनुभयो । जिल्लामा २२ विद्यार्थीमा १० जनासम्मलाई जिपिए मुल्याङ्कन गरिनु आफैमा अस्वाभाविक रहेको बताउनुभयो ।

अहिले तत्काललाई यसले राम्रै सन्देश दिएपनि विद्यार्थी भोलि उच्च माध्यमिकको परीक्षामा कम जिपिए ल्याएको सहपाठीको वढि अंक आउँदा त्यतिवेला मानसिक असर पर्ने सम्भावना देखिएको बताउनुभयो । यस पटकको एसइइमा जिल्लाबाट १३३ विद्यालयका ६ हजार ५ सय ७५ विद्यार्थी परीक्षा दिने तयारीमा थिए । सामुदायिक र निजी गरी ५० वटा विद्यालयका विद्यार्थीहरुमध्ये सवैन्दा धेरै कुमारवर्ती इग्लिस स्कूल रजहरका १० जना विद्यार्थीको जिपिए ४ छ ।

उक्त विद्यालयबाट २२ जना विद्यार्थीको आन्तरिक मुल्याङ्कन गरिएको थियो । त्यस्तै नेपाल लोकसेवा मावि वसन्तपुरका ७ जनाको जिपिए ४ आएको छ जहाँबाट ९२ जना विद्यार्थीको आन्तरिक मूल्याङ्कन गरिएको थियो । शिक्षक संघ नवलपुरका अध्यक्ष एवम जनक मावि गैडाकोटका प्रधानाध्यापक चुडामणी कडेँलले भने यसलाई अस्वाभाविक मान्न नहुने र विद्यार्थीलाई अहिलेकै नतिजा कायम राख्न थप हौसला दिनुपर्ने बताउनुभयो ।

आठ वटै विषयमा ९० देखि माथिल्लो अंक ल्याए जिपिए ४ मा गणना हुने हुँदा सवैमा १०० अंक ल्याएर जिपिए ४ आउँछ भन्ने वुझाई गलत भएको भन्दै आफ्नै शिक्षकले गरेको मूल्याङ्कन सही भएको प्रतिक्रिया दिनुभयो । त्यस्तै भिमसेन माविका प्रधानाध्यापक नरदेव न्यौपानेले पनि अहिले परिस्थितले पनि त्यसो हुन गएको बताउँदै यसमा आशंका गर्नुभन्दा पनि आफ्नै शिक्षकले मुल्याङ्कन गर्दा राम्रो नतिजा आएको दावी गर्नुभयो । विद्यालयमै परीक्षा दिन पाएका कारण पनि विद्यार्थीहरुले ढुक्क परीक्षण दिएका कारण राम्रो परीक्षाफल आएको भन्दै केही भावनात्मकताले पनि काम गरेको बताउनुभयो ।

उता शिक्षा विकास तथा समन्वय इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले विद्यालयले दिएको अंकमाथि कार्यालयको नियन्त्रण नहुने कार्यविधिका कारण विद्यालयहरुबाट जे आयो त्यही नै केन्द्रमा पठाएको बताउनुभयो । वस्तुनिष्ठ मुल्याङ्कन गर्नु राम्रो हुने भन्दै भोलि वालवालिकाले नम्वरको आधारमा विषय छनौट गर्दा समस्या नआउने तर्फ शिक्षक विद्यालय केन्द्रीत भइदिएको भए राम्रो हुने उहाँको भनाई छ ।

यसैविच गैडाकोट नगरपालिकामा रहेका जनक माविमा १७० विद्यार्थीमा ३ जनाको जिपिए ४,
रत्नराज्य लक्ष्मी मावि मुकुन्दपुरमा १०५ विद्यार्थीमा २ जनाको,
लक्ष्मी माविका ९२ जना विद्यार्थीमा २ जनाको,
कालिका माविमा १३९ विद्यार्थीमा २ जनाको,
गैडाकोट नमुना माविमा ६४ विद्यार्थीमा १ जनाको,
सरस्वती निकेतन वोर्डिग स्कुलमा ४६ जनामा ६ जनाको,
अमर इग्लिस वोर्डिग स्कुलमा ४२ जनामध्ये ५ जनाको,
नेपाल राष्ट्रिय शमसेर माविमा ६५ जना विद्यार्थीमा १ जनाको,
विजय सामुदायिक शिक्षा सदनमा ७५ जनामा १ जनाको,
वालविकास वोर्डिग स्कुलको ८० जनामा २ जनाको,
सुर्योदय विद्या मन्दिरको २० जनामा २ जनाको,
गैंडाकोट इग्लिस स्कुलमा ३४ जनामा ५ जनाको,
मुकुन्दसेन इग्लिस स्कुलको ३० जनामा ५ जनाको जिपिए ४ नतिजा आएको शिक्षा विकास तथा समन्वय इकाई नवलपुले दिएको तथ्याङ्कमा उल्लेख छ ।

 

Share.

Leave A Reply