भरतपुरको मुख्य बजारमा फोहोरको थुप्रो, गन्हायो महानगरपालिका

0

डोलराज रानाभाट, ७ भदौ ।  विगत ५ दिनदेखि फोहोर नउठाउँदा भरतपुर महानगरपालिका गन्हाउन सुरु भएको छ । फोहोरको थुप्रो गन्हाएर वसीनसक्नु हुँदा पनि महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले चासो नदिएको स्थानीय लोकेन्द्र मान श्रेष्ठले बताउनुभयो ।

स्थानीयका अनुसार मुख्य बजार क्षेत्र पुल्चोक, शहिद चोक, लायन्स चोक, कमलनगर चोकमा फोहोर कुकुर कागले यत्रतत्र वराल्दा रोग फैलन सम्भावना वढेको छ । कुहिनी नकुहीने फोहोर छुट्टाछुट्टै नभएको फोहोरका थुप्रो सडकमा छराल्लीन थालेको छ । यस्तो हुँदा समेत महानगरपालिकाले फोहोर उठाउने जिम्मा लिएको ठेगेदारलाई निर्देशन दिन नसकेको भन्दै महानगर भन्दा ठेकेदार माथि रहेको गुनासो स्थानीयले गरे ।

एकातिर कोरोनाको डरले घर भित्र वस्दा पनि सुख नपाएको भन्दै फोहोर दुर्घन्त भित्रै आएको स्थानीयको गुनासो छ । यता प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराइले प्रशासनमा गुनासो नआएको तर जनताले पहिला जनप्रतिनिधिलाई भन्नुपर्ने र त्यसमा समाधान नभए आफूले निर्देशन दिने बताउनुभयो ।

 

फोहोर उठाउन प्रहरी प्रशासनबाट कुनै रोक नभएको उहाँको भनाई छ । जिल्लामा पहिलो चरणको निषेधाज्ञा सकिएरपनि पुन निषेधाज्ञा थपिएको छ । सडक सुनसान हुँदा सफा हुनुपर्नेमा अहिले यत्रतत्र फोहोरको डंकुर देखिएको छ । यता महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले फोहोर उठाउने विषयमा छलफल भइरहेको र विवाद कायमै रहे वैकल्पिक उपायको खोजी भइरहेको बताउनुभयो ।

Share.

Leave A Reply