गैंडाकोटमा एकै दिन समुदायका ३ व्यक्तिमा कोभिड १९ पुष्टी

0

गैंडाकोट, भदौ ७ । हिजो मात्रै गैंडाकोट नगरपालिकाका ३ जना समुदायका व्यक्तिमा कोभिड १९ पुष्टी भएको छ । भरतपुर अस्पतालको विज्ञप्तीमा उल्लेख भएका अनुसार संक्रमण पुष्टी हुनेहरुमा गैंडाकोट १ की ३६ वर्षीय महिला र गैंडाकोट ५ का ३० वर्षीय पुरुष रहेका छन् ।

 

गैंडाकोट १ की महिला भरतपुर अस्पताल र गैडाकोट ५ पुरुष नयाँ मेडिकल कलेजमा कार्यरत रहदा संक्रमण पुष्टी भएको बताइएको छ । उहाँहरुको स्वस्थ्य अवस्था सामान्य रहेको र रजहर स्थिती आइसोलेसनमा पठाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै गैंडाकोट १२ का ४७ वर्षीय पुरुषमा पनि संक्रमण देखा परेको छ । ट्रक चालक उहाँमा संक्रमण पुष्टी भएपछि अहिले रजहरकै आइसोलेसनमा पठाइएको छ ।

 

ट्रकमा काम गर्ने अन्य २ जना भरतपुरको रहेका र उनीहरुलाई उतै पठाइएको पौडेलले जानकारी दिनुभयो । हिजो साँभ सम्म नवलपुरमा संक्रमितको कुल सख्या ३८६ पुगेको छ । हालसम्म ३३० जना निको भएर घर फर्किसकेका छन् भने ५६ जना उपचाररत रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।

Share.

Leave A Reply