चितवनमा थपिए २० संक्रमित

0

चितवन, भदौ ६ । चितवनमा आज २० जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा २७० परीक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशाला प्रमुख डा नीतु अधिकारीले जानकारी दिनुभयो । संक्रमण पुष्टी हुनेहरुमा भरतपुर महानगरपालिकाका १६ जना , रत्ननगर नगरपालिकाका १ जना, राप्ती नगरपालिकाका ३ जना रहेका छन् । त्यस्तै पूर्वी नवलपरासी, मकवानपुर, बारा, पर्सा,बाँके र रौतहटका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका मात्रै ५ जना पुरुष रहेका छन् ।

Share.

Leave A Reply