पेट्रोल विक्रिमा कडाई पछि गैंडाकोटका भित्री सडक पनि सुनसान

0

गैंडाकोट, ६ भदौ । पेट्रोल पनि विक्रि गर्न कडाई गरेपछि गैंडाकोटका भित्री सडक पनि सुनसान छन् । मुख्य राजमार्गमा लामो दुरीका सवारी र अत्यावश्यक मात्रै सचालन भएका छन् । एक ठाउँबाट अर्को नजिकै ठाउँमा जानै परे पनि स्कुटर मोटरसाइकल प्रयोग गर्नेहरु अहिले साइकलमा गएको देखिन्छ ।

समुदायका व्यक्तिहरुमा एक पछि अर्को गरी कोभिड १९ को सक्रमण बढेपछि नगरपालिकाले भदौ २ गते राति १२ बजेदेखि भाद्र ७ गते राति १२ः३० सम्म लागु हुने गरी एक हप्ता लकडाउन जारी गरेको थियो । पुन भदौ ४ गते अर्को सूचना जारी गरेर खाद्य र दुग्ध पसल विहान ७ देखि विहान १० बजेसम्म मात्रै खोल्न पाउने नियम र अत्यावश्यक सवारी वाहेक अन्य सवारीलाई पेट्रोल नदिन निर्देशन दिइएको थियो ।

हिजो शुक्रवार भदौ ५ गते मात्रै पोखरामा गएको ११३ स्वावमा पुन एक जनामा कोभिड १९ पुष्टी भएको थियो । रजहरको लक्ष्मी वैँक शाखामा कार्यरत गैडाकोट २ का ३२ वर्षीय पुरुषमा संक्रमण देखिएको थियो ।

 

त्यसअघि ११३ स्वावमै भदौ ४ गते समुदायका व्यक्तिहरु गैंडाकोट २ का ३८ वर्षीय महिला र गैंडाकोट २ कै ६३ वर्षीय पुरूषमा संक्रमण देखिएको थियो ।

त्यसअघि भदौ ३ गते भरतपुरमा स्वाव दिएका ४ जना समुदायका व्यक्तिमा संक्रमण पुष्टी भएको थियो । भरतपुर अस्पतालमा स्वाव संकलन गरिएका उनीहरु गैडाकोट नगरपालिका वडा न २ का ३९ वर्षीय पुरुष, गैंडाकोट ७ का २७ वर्षका महिला र ३९ वर्षका पुरुष गरी २ जना, गैंडाकोट ५ का २८ वर्षीय एक महिलामा संक्रमण पुष्टी भएको हो । उनीहरु ४ जना नै समुदायबाट संक्रमण देखिएका हुन् । उनीहरु मध्ये एक जना पुरुष सुरक्षाकर्मी, एक जना क्यान्सर अस्पतालमा कार्यरत महिला स्वास्थ्यकर्मी, दुई जना गैडाकोट घर भई चितवनमा कार्यरत मजदुर रहेका छन् । यस अघि गैंडाकोट इलाका प्रहरी कार्यालयका ५ जना प्रहरीमा कोभिड १९ देखिएपछि त्यही समय समुदायमा गएको पुष्टी भएको थियो ।

Share.

Leave A Reply