विकू सहकारीको पाठशाला बन्दै,३० औं वर्षमा प्रवेश

0

फाइल फोटो

५ भदौ , गैंडाकोट । सहकारीको पाठशालाको रुपमा विकसित हुँदै गरेको विकू बचत तथा ऋण सहकारी संस्था लि. ३० औं वर्षमा प्रवेश गरेको छ । हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य भन्ने अभिप्रायका साथ अघि बढेको विकूले सदस्यमैत्री सेवा, सेवाग्राहीको हित, साथमा सरल र सहज ढङ्गले उत्पादनशील क्षेत्रमा लगानी गर्दै आधुनिक तथा प्रविधियुक्त वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । विकूले वित्तीय साक्षरता, प्रविधि साक्षरता र स्वास्थ्य साक्षरतालाई जोड दिदैं आएको छ । विकूमा हाल ८० हजार सदस्य रहेका छन् । २०४८ साल भाद्र ५ गते दैनिक ५० पैसा संकलन गर्ने अभियानका साथ विकूको स्थापना भएको थियो ।

 

Share.

Leave A Reply