चितवनमा एक साता निषेधाज्ञा थप

0

चितवन, ५ भदौ  । चितवनमा पहिलो पटक जारी गरिएको निषेधाज्ञा आज सकिनै लाग्दा पुन एक साता थप गरिएको छ ।

समुदायका व्यक्ति, चिकित्सक नर्स स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण वढ्दै जाँदा पुन एक हप्ता थप गरिएको जिलला प्रशासन कार्यालय चितवनले जानकारी दिएको छ ।

आज राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म थप गरिएको हो । थपिएको निषेधाज्ञाले जिल्लामा वढ्दै गएको संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी गराउन मद्दत मिल्ने विश्वास लिइएको छ । साउन ३२ गते राति १२ बजेदेखि पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।

 

Share.

Leave A Reply