विजय एफएम गौरवमय १७ औं वर्षमा, समुदायको आवाज बनेको भनाई ।।

0

भदौ ५, गैंडाकोट ।
सामुदायीक रेडियो विजय एफएम समुदायको आवाज बनेर समुदायमा गुञ्जीरहेको गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको भनाई छ । पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ यही भाद्र ५ शुक्रबारदेखी गतेदेखि गौरवमय १७ औं वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा शुभकामना दिदै नगरप्रमुख पौडेलले सुसासन स्थापना गर्न र जनप्रतिनिधिीलाई झक्झकाउने काम विजय एफएमले गरेको र आगामी दिनमा पनि समुदायको आवाज बन्दै अगाडी बढन सकोस भन्ने शुभकामना दिनुभएको छ ।
यस्तै विजय एफएमलाई बार्षीकउत्सवको अवसरमा शुभकामना दिदै विजय एफएका कार्यक्रमले समुदायमा छुटटै छाप छोडेको गैंडाकोट नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी कंडेलले भनाई छ । उहाले अझै शसक्त रुपमा अगाडी बढन सुझाव दिनुभएको छ । आवाज विहिनको आवाजको रुपमा रहेको विजय एफएम हरेक श्रोताको मनमा बस्न सफल रहेको समेत उहाँले बताउनुभयो ।
विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका संस्थापक अध्यक्ष खेमराज सापकोटाले रेडियोको महत्व आज पनि उत्तिकै रहेको बताउनुहुन्छ । सामुदायिक रेडियोको अवधारणमा समुदायका आवाज अझै समेट्न सकिने उहाको भनाई छ ।
विजय एफएम सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष भुमिराज चापागाईले डेढ दशकको यस यात्रामा विपन्न समुदायको आवाज, समावेशी आवाज र विकासका लागि सञ्चारको भूमिकाका रुपमा काम गर्दै आएको उहाँले बताउनुभयो । कोरोना त्रासका बीच भव्य कार्यक्रम गर्न नसकिएको जनाउँदै उहाँले रेडियोलाई यस स्थानसम्म ल्याई पु¥याउन सहयोग गर्नुहुने सबैमा आभार व्यक्त गर्नुभएको छ ।
पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको सामुदायिक रेडियो विजय एफएम १०१.६ यही भाद्र ५ शुक्रबारदेखी गतेदेखि गौरवमय १७ औं वर्षमा प्रवेश गरेको छ । यस रेडियोले ‘सत्य तथ्य सूचनाको सञ्चार, जनसशक्तीकरणको मूल आधार’ भन्ने भावलाई आत्मसात् गर्दै आफ्ना कार्यक्रमहरुलाई अघि वढाएको छ । विजय विकास स्रोत केन्द्र र विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अगुवाइमा २०५७ सालमा स्थापित विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाले २०६१ साल भाद्र ५ गतेदेखी सामुदायिक रेडियो विजय एफएम सञ्चालन गरेको हो ।
स्थापनाकालदेखि नै आवाजविहीनहरुको आवाजका रुपमा समाजका कुनाकुनासम्म पुगी समाजमा विद्यमान सामाजिक, आर्थिक, सांस्कृतिक विभेद, अन्धविश्वास, लैंगिक हिसांको, न्यूनीकरण एवं नागरिकको विकासका लागि अविश्रान्तरुपमा अविचलित भई सशक्तरुपमा सूचना तथा सन्देश सञ्चार गर्दै आइरहेको छ
मेरो, तपाईंको र हामी सबैको सामुदायिक रेडियो विजय एफएम १०१.६ ले सुशासन, सामुदायिक विकास, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, र सञ्चारमा सबैको पहँुच विस्तारका लागि विगत १६ वर्षदेखि अनवरतरुपमा रेडियो तरङ्गमार्फत सेवा पु¥याउँदै आएको छ । यसैगरी यस सहकारीले वि.सं. २०७२ सालबाट विजय खबर पत्रिका सञ्चालन गरेको छ । सञ्चारका यी दुबै माध्यमबाट यस सहकारीले समाजमा सुशासन, विकास, सकारात्मक सोच, सकारात्मक सोचका लागि जागरण, समाजमा सूचनाको पहुँच स्थापित गर्नका लागि निरन्तर सूचना प्रवाह गर्दै आएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो । कोरोनाका कारणले औपाचारिक कार्यक्रम नभएपनि विजय एफएमबाट संस्थापनकालका संञ्चारकर्मीको अनुभव र श्रोता आफन्तको शुभेच्छा लिदै विजय बिशेष कार्यक्रम मार्फत शुभकामना आदान प्रदान गरिएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले बताउनुभयो ।
एफएम तथा पत्रिकाले अहिले पनि शिक्षा, स्वास्थ्य, वित्तीय शिक्षा, विकास र सुशासन, मनोरञ्जनलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।

Share.

Leave A Reply