विनयी त्रिवेणीमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना एकै वडाका

0


नवलपुर । विनयी त्रिवेणी गाउँपालिकामा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु मध्ये १३ जना एकै वडाका रहेका छन् । त्यस्तै अर्को एकै वडाका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ का स्थायी वासिन्दा वर्ष ३६, ५६ र ६० वर्षका ३ जना तथा वर्ष ३०, ३१, ३२, ३३, ३४, ४०, ४३, ५०, ५८ र ६२ का १० जना पुरुष गरि १३ जनामा संक्रमण देखिएको हो ।
त्यस्तै वडा नम्बर ७ का स्थायी वासिन्दा वर्ष ३२, ३८ का २ जना महिला तथा ३८, ४८ र ५४ का ३ जना पुरुष गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखरामा गरिएको परिक्षणमा सो पुष्टि भएको हो ।
वडा नम्बर ६ मा संकलन गरिएको ११६ स्वाब मध्ये १०८ स्वाबको पि.सि.आर. परिक्षणमा १८ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव चापागाईले जानकारी दिनुभयो ।
यो सँगै विनयी त्रिवेणी गाउँपालिकामा कोरोना संक्रमण भएको सङ्ख्या ८ जना महिला र ३८ जना पुरुष गरि ४६ जना पुगेको छ । जसमध्ये २ जना महिला र २० जना पुरुष गरि २२ जना निको भएर घर फर्किएका छन् ।
संक्रमितहरुको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको खोजपड्ताल कार्य शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख ध्रुवराज काफ्लेले जानकारी दिनुभयो ।
उनिहरुको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो । उनिहरुलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईशोलेशन कक्षमा लैजाने तयारी भईरहेको जानकारी दिनुभयो ।

Share.

Leave A Reply